काठमाडौंमा दुई नाटक मञ्चनको तयारी
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १३:१६:२३
१० जेठ, काठमाडौं । काठमाडौंमा दुई नाटक मञ्चनको तयारी भइरहेको छ । त्रिपुरेश्वरस्थित कौसी थिएटरमा यही जेठ १२ देखि २८ गतेसम्म नाटक ‘त्रयम्’ र थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ देखि ३२ गतेसम्म नाटक ‘बुद्ध’ र ‘भिखारी’ मञ्चन गरिने भएको छ ।
काठमाडौंका एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक ‘त्रयम्’ मञ्चनको अन्तिम तयारीमा छ । एकअर्कासँग पटक्कै नमिल्ने स्वभावका तीन युवती नजिक हुन् नसके तापनि सँगै बस्न बाध्य छन् । आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा घट्ने घटनाक्रमले एकअर्काप्रतिको बुझाइमा ल्याउने परिवर्तन नै नाटकको सार हो ।
नाटकले तीन युवतीको विगत कोट्याउँदै महिलाले दैनिक जीवनमा भोग्ने हिंसालाई रोचक ढङ्गले प्रस्तुत गर्नेछ । दिलीप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटकमा सङ्गीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गरेको छ ।
“लामो समयदेखि बोकिरहेको विषयले बल्ल मञ्चनको स्वरूप पाउँदैछ, नाटकमा उठिरहेका विषय मेरो नजिकका धेरै महिलाले भोगेका विषय हुन्, कतिले मलाई सुनाएका छन्, कतिले नभनी पनि मैले बुझेको छु, यो नाटकले तपाईंहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ”, निर्देशक रानाभाटले भने ।
यस्तै, चुलाचुली थिएटरको प्रस्तुति रहेको ‘बुद्ध’ र ‘भिखारी’लाई चेतन आङ्थुपोले नाट्य रुपान्तरण तथा अनुवादन र परिकल्पना तथा निर्देशन अनिल सुब्बाले गरेको हो । “आफ्नो झुपडीमा मुसाहरूले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरि गरेको सङ्घर्ष र रमाइलो पललाई नाटकमा प्रस्तुत गरिनेछ”, निर्देशक सुब्बाले भने ।
नेपाली पौराणिक लोककथालाई नाट्यरुपान्तरण गरी ‘स्याडो प्ले’मार्फत मञ्चन गरिने निर्देशक सुब्बाले जानकारी दिए । कलाकार वेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा, गणेश ताण्डव, नवीनचन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बू, सञ्जीव योगी, मनिष मगर, मोहन राईले नाटकमा अभिनय गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने
असोज २२, २०८१ मंगलबार
दशैंमा पनि मानव अधिकार आयोग खुला रहने
असोज २२, २०८१ मंगलबार
तीन महिनाको हावापानी, पुस १६ गतेसम्म जाडो हुँदैन
असोज २२, २०८१ मंगलबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्री भए यी खेलाडी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
रासस
असोज २०, २०८१ आइतबार
अलौमा मेयर सिंहमाथि हातपातः डुबान समस्याका कारण स्थानीयको आक्रोश
असोज २२, २०८१ मंगलबार
तीन महिनाको हावापानी, पुस १६ गतेसम्म जाडो हुँदैन
असोज २२, २०८१ मंगलबार
प्रधानसेनापतिबाट फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण
असोज २२, २०८१ मंगलबार
इङल्याण्डविरुद्धको पहिलो टेस्टमा पाकिस्तानको उत्कृष्ट प्रदर्शन
असोज २२, २०८१ मंगलबार
राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने
असोज २२, २०८१ मंगलबार
एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान
असोज २२, २०८१ मंगलबार
काठमाडौंका विभिन्न स्थानबाट यात्रुसँग बढि भाडा असुल्ने ३१ जना पक्राउ
असोज २२, २०८१ मंगलबार
आजदेखि उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न पाउने
असोज २२, २०८१ मंगलबार