शरणार्थी प्रकरणमा आएका सबै नाममाथि छानविन हुनुपर्ने सांसदहरुको माग
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १३:५३:९
काठमाडौं, १० जेठ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा सम्लग्न भएको भन्दै आरोपीहरुले नाम किटान गरेकाहरुमाथि पनि तत्काल छानविन गरी कारवाहीको दायरामा ल्याउनुपर्ने माग राखेका छन् ।
शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन अदालत नपुगी आरोपीको बयान बाहिरिएको र त्यसमा अरु धरै सम्लग्न भएको नाम आएपछि उनीहरुमाथि पनि छानविन हुनेपर्ने माग सांसदहरुले राखेका हुन् । बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भुटानी शरणार्थी प्रकरणमा सरकारको परीक्षा हुने बताएका छन् । अनुसन्धान कसरी भइरहेको छ भनेर आम नागरिकले हेरिरहेको भन्दै उनले यसमा संलग्न कोही पनि छुट्न नहुने बताए ।
सरकारको नीति तथा कार्यक्रममाथि बुधबार संसदमा भएको छलफलमा भाग लिँदै महामन्त्री थापाले अहिले जसरी नामहरु आएका छन्, यसले लाज पनि लजाएको जस्तो भएको बताए । बाहिर आएका नामहरु हेर्दा जिम्मेवारी लिइरहेका मानिसहरु एकपछि अर्को तानिँदै जाने हो कि जस्तो देखिएको भन्दै उनले जसको नाम आएको छ, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए ।
‘सरकारले गरेको अनुसन्धान निष्पक्ष भएको छ भन्ने भयो भने वाहवाही गर्ने हो, कहीँ न कहीँ लकपकाएको छ भन्ने भयो भने विकल्पको खोजी हुन्छ, प्रश्न उठ्छ’ उनले भने ।सरकारपछि न्यायालयको पनि परीक्षा हुने महामन्त्री थापाले भने । ‘न्यायालयले पनि मैले न्याय गरेँ भनेर मात्र पाउँदैन, न्यायको अनुभूति हुनुपर्छ’, उनले भने । अहिले जसरी नामहरु आउन थालेको छ, यसले लाज पनि लजाएको जस्तो भएको छ । को को परेको हो ? को को नपरेको हो ? सुन्दासुन्दै हाम्रो वरिपरि भएका, जिम्मेवारी लिइरहेका मानिसहरु एकपछि अर्को तानिँदै जाने हो कि जस्तो लाग्न थालेको छ ।’
उनले भने, ‘सरकारको परीक्षा सकिएपछि न्यायालयको परीक्षा सुरु हुन्छ । न्यायालयले पनि मैले न्याय गरेँ भनेर मात्र पाउँदैन, न्यायको अनुभूति हुनुपर्छ । यो राज्यविरुद्धको अपराधमा संलग्न भएको एक–एक मान्छे, चाहे घरको मान्छे होस्, चाहे बार्दलीको मान्छे होस्, चाहे नेता होस्, चाहे नाता होस्, चाहे सलाम गर्ने होस्, चाहे सलामी लिने होस् । एक जना मान्छे पनि छुट्नु हुँदैन । दूधको दूध, पानीको पानी हुनुपुर्छ, आम नागरिकले चाहेको यही हो ।’
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै रास्वपाका सभापति रवि लामिछानेले समय लिएर बोल्दै यो प्रकरण निष्पक्ष अनुसन्धान र अभियोजनमा आशंका उत्पन्न भएकाले संसदीय छानबिन आवश्यक रहेको बताए ।
उनले प्रकरणमा जोडिएका व्यक्तिहरुलाई सोधपुछसमेत नहुनुले गम्भीर आशंका उत्पन्न भएको उल्लेख गरे । ’यो काम अँध्यारो कोठा र गल्लीमा भएको भएको थिएन, बालुवाटार र सिंहदरबारमा बसेकाहरूबाट भएको कुरा आएका छन् । अब संसदीय विशेष समितिको गठन गरेर छानबिन गर्नुपर्छ । ज–जसको आएको छ उनीहरुलाई सोधपुछ हुनपर्यो सोधपुछका लागि एक पटक बोलाउन नहुने के हो,’ लामिछानेले भने ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ति फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । यदी भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट संघर्ष गर्ने भन्दै उनले सदन पनि चल्न नदिने चेतावनी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुरबाट ६ किलो गाँजासहित एक जना पक्राउ
माघ ८, २०८१ मंगलबार
ठगीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
माघ ८, २०८१ मंगलबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार