जलनसम्बन्धी विश्वस्तरका अस्पताल निर्माण गर्ने विषय नीति तथा कार्यक्रममा राखाैं : चन्द्र भण्डारी
‘जलनसम्बन्धी विषयलाई विद्यालय तहकै पाठ्यक्रममा समेट्नुपर्छ’
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १४:४३:२१
१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले विद्यालय तहमा जलनसम्बन्धी विषय राख्नुपर्ने बताएका छन् । गत फागुनमा खाना पकाउने एलपी ग्यासको जलनमा परेर गम्भीर घाइते भएका उनी लामो समेत भारतमा उपचारपछि वैशाखको अन्तिम हप्ता फर्किएका थिए ।
फर्किएपछि सांसद भण्डारी पहिलोपटक बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै यस्तो बताएका हुन् । धारणा राख्ने क्रममा भावुक बन्न पुगेका उनले बिजुली, ग्यास बाल्ने कसरी र कुन अवस्थामा बाल्ने भन्ने कुराको ज्ञान नहुँदा जलनबाट मृत्यु हुने नागरिकमा आफ्नी आमाको नाम पनि थपिएको बताए ।
आधारभूत तहको पाठ्यक्रममा बिजुली बाल्ने, ग्यास बाल्ने र सडक क्रस गर्ने सम्बन्धी पाठ राख्नुपर्ने उनले बताए । विकास र सडक सुविधासँगै गाउँगाउँसम्म पनि बिजुली र ग्यास सिलिन्डर पुगेको र तर ज्ञानकै अभावमा प्रयाेगका क्रममा धेरै उपभोक्ताको ज्यान जाने गरिएको उनले बताए ।
साथै भण्डारीले नेपालमा विश्वस्तरका एउटा जलनसम्बन्धी अस्पताल बनाउने नीति र कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे । आफ्नो उपचारमा सहयोग पुर्याउने सरकार, सहयोगीलाई धन्यवाद दिए ।
भण्डारी गत फागुन ३ मा आफ्नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए । घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ गते कीर्तिपुरस्थित अस्पतालमा निधन भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार