आँखा शिविरवाट एघार सय लाभान्वित
इन्द्र रिजाल
चैत २७, २०७५ बुधबार १५:४४:३५
बैतडी । बैतडीको सुर्नया गाउँपालिकाको विभिन्न स्थानमा जारी निःशुल्क आँखा शिविरवाट एक हजार १०० बढी नागरिक लाभान्वित भएका छन् ।
सतबाज, मोतीनगर र रौलेश्वरमा सम्पन्न निःशुल्क आँखा शिविरवाट एक हजार ११८ ले सेवा लिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए ।
जसमा १४७ को मोतीविन्दुको समस्या देखिएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ । शल्यक्रियाका लागि पनि गाउँपालिकाले केही दिनमै निःशुल्क शिविर सञ्चालन गर्ने जनाएको छ । साथै शिविरमा निःशुल्क आँखा जाँच साथै औषधि र चश्मा पनि निशुल्क वितरण गरिएको छ ।
ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा आँखासम्बन्धी सेवा दिने उद्देश्यले चैत २१ गतेदेखि सतबाजबाट शुरु भएको शिविर मङ्गलबार सम्पन्न भएको हो ।
सुर्नया गाउँपालिका, च्यारिटी हेल्थ फाउण्डेशन नेपाल र धनगढी नेत्रालय प्रालिको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएका हो । स्वस्थ आँखा सुन्दर संसार, मोतीविन्दुरहित सुर्नया अभियानमा शिविरले सहयोग पु¥याउने विश्वास गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार
आज अपरान्हदेखि देशको मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
पुष १२, २०८१ शुक्रबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार