बिनु यादवले १५ दिनपछि अनसन तोडिन्
नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १०:४४:४०
११ जेठ, काठमाडौं । माइतीघर मण्डलामा १५ दिनदेखि अनसनरत बिनु यादवले आफनो अनसन तोडेकी छिन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको ५ बुदेँ सहमतिपछि बिनु यादवले अनसन तोडेकी हुन् ।
गत बैशाख २७ गते देखी श्रीमान र काका ससुराले बलात्कारको प्रयास गरेको, अदालतले जर्बजस्ती सबन्ध बिच्छेद गराएकोजस्ता बिषयको न्याययिक निरुपण हुनु पर्ने भन्दै उनी अनसनरत थिइन् ।
तर, बुधवार साँझ भएको सहमति अनुसार उनका मागको सम्बन्धमा छानबिनको माग गर्दै गृह मन्त्रालयको परेको निवेदनको सबन्धनमा महान्यायधिबक्ताको कार्यालयमा लेखी पठाउने लगायतको सहमति भए पछि उनले अनसन तोडेकी हुन ।
‘सत्याग्रही विनु यादवका सत्याग्रहका मागहरुमध्ये रामेछाप जिल्लामा चलेको जाहेरवाला बिनु यादव र प्रतिवादी पवन कठायत भएको जवरजस्ती करणी उद्योग मुद्दाको वदनियतपूर्वक अनुसन्धान एवं अभियोजन भएको भन्ने सम्बन्धमा र २०७६(०१(३० गते बिनु यादव जाहेरवाला र प्रतिवादी प्रदिप कठायत भएको जवरजस्ती करणी मुद्दा कालिमाटी प्रहरी महिला सेलमा तत्कालीन अवस्थामा दर्ता भई २०७६-०१-३० गते नै पिडितको स्वास्थ्य परीक्षण समेत भई सकेको अवस्थामा पिडितलाई सुरज कार्की समेतले त्रासमा पारी २०७६-०२-०५ गते जाहेरी फिर्ता गराएको भन्ने सम्बन्धमा सो विषय हेर्ने प्रयोजनार्थ पीडित विनु यादवले मुलुकी फौजदारी संहिता, २०७४ को दफा ९९ को कानूनी प्रक्रियाका लागि महान्यायाधिवक्ता कार्यालयको सम्बन्धित समितिमा छानविन र अनुसन्धानका लागि आफ्नो तर्फबाट गृह मन्त्रालय मार्फत पेश भएको निवेदन उपर कारवाहीका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाउने’ पहिलो सहमतिमा भनिएको छ ।
यस्तो छ सहमति:
१. सत्याग्रही विनु यादवका सत्याग्रहका मागहरुमध्ये रामेछाप जिल्लामा चलेको जाहेरवाला बिनु यादव र प्रतिवादी पवन कठायत भएको जवरजस्ती करणी उद्योग मुद्दाको वदनियतपूर्वक अनुसन्धान एवं अभियोजन भएको भन्ने सम्बन्धमा र २०७६र०१र३० गते बिनु यादव जाहेरवाला र प्रतिवादी प्रदिप कठायत भएको जवरजस्ती करणी मुद्दा कालिमाटी प्रहरी महिला सेलमा तत्कालीन अवस्थामा दर्ता भई २०७६र०१र३० गते नै पिडितको स्वास्थ्य परीक्षण समेत भई सकेको अवस्थामा पिडितलाई सुरज कार्की समेतले त्रासमा पारी २०७६-०२-०५ गते जाहेरी फिर्ता गराएको भन्ने सम्बन्धमा सो विषय हेर्ने प्रयोजनार्थ पीडित विनु यादवले मुलुकी फौजदारी संहिता, २०७४ को दफा ९९ को कानूनी प्रक्रियाका लागि महान्यायाधिवक्ता कार्यालयको सम्बन्धित समितिमा छानविन र अनुसन्धानका लागि आफ्नो तर्फबाट गृह मन्त्रालय मार्फत पेश भएको निवेदन उपर कारवाहीका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाउने ।
२. सत्याग्रही बिनु यादवका मागहरुमध्ये सम्मानित अदालतमा विचाराधिन रहेका विषयका हकमा सम्मानित अदालतबाट न्यायिक निरुपण हुने नै छ ।
३. अन्य मागका सम्बन्धमा क्षेत्राधिकार रहेको सम्बन्धित निकायमा लेखी पठाउने ।
४. सत्याग्रही बिनु यादवको पछिल्लो स्वास्थ्य अपरीक्षण गरी स्वास्थ्य उपचार गर्न र नीजको जिविकोपार्जनका लागि आवश्यक सहयोग गर्न महिला वालवालिका तथा नागरिक मन्त्रालयमा लेखी पठाउने ।
५. मिति २०७० वैशाख २७ गतेदेखि सत्याग्रह अनसन गरेकी बिनु यादवले आजकै मितिबाट सत्याग्रह अन्त्य गर्ने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैंमा पनि मानव अधिकार आयोग खुला रहने
असोज २२, २०८१ मंगलबार
तीन महिनाको हावापानी, पुस १६ गतेसम्म जाडो हुँदैन
असोज २२, २०८१ मंगलबार
पोहोर यतिबेला १० लाखले दशैंमा राजधानी छोडेका थिए, यो पटक साढे ५ लाखले छाडे
असोज २२, २०८१ मंगलबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
नोबेल जित्नु ‘भूकम्प’ जस्तै– रुभ्कन
असोज २१, २०८१ सोमबार
अलौमा मेयर सिंहमाथि हातपातः डुबान समस्याका कारण स्थानीयको आक्रोश
असोज २२, २०८१ मंगलबार
एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान
असोज २२, २०८१ मंगलबार
काठमाडौंका विभिन्न स्थानबाट यात्रुसँग बढि भाडा असुल्ने ३१ जना पक्राउ
असोज २२, २०८१ मंगलबार
आजदेखि उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न पाउने
असोज २२, २०८१ मंगलबार
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने
असोज २२, २०८१ मंगलबार
धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु
असोज २२, २०८१ मंगलबार
सरकारले क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार स्थानीय तहमा बजेट दिने
असोज २२, २०८१ मंगलबार