आचार्य हत्या प्रकरण : दोषी पत्ता नलाग्दा पीडित परिवारलाई थप पीडा
इन्द्र रिजाल
चैत २७, २०७५ बुधबार १५:५३:३१
सुर्खेत । वीरेन्द्रनगर–१ निवासी व्यवसायी चन्द्रप्रसाद आचार्यको शङ्कास्पद मृत्यु भएको ४० दिन बित्यो । प्रहरीले आचार्यको हत्याको भएको स्वीकार गरे पनि घटनामा संलग्नको भने अझै पहिचान गर्न सकेको छैन ।
यही फागुन १८ गते वीरेन्द्रनगर–६ बुद्धपथ नजिकै आचार्यको शव रक्ताम्य अवस्थामा फेलापरेको थियो । परिवारका सदस्यले हत्यामा संलग्नको पहिचान गरी कानूनी कारवाही गर्ने प्रहरीले आश्वासन दिए पनि अनुसन्धानमा चासो नदिएको आरोप लगाएका छन् । छोरी सङ्गीताले प्रहरीले चित्तबुझ्दो अनुसन्धान नगरेको दुखेसो पोखे। “बुबाको स्वभाविक मृत्यु भएको भए हामीलाई यति तनाव हुन्थेन”, उनले भने, “हत्या हुँदासमेत प्रहरीले घटनालाई हल्कारूपमा लियो, हामी परिवारलाई पीडामाथि पीडा भोगे।”
वीरेन्द्रनगर जुम्लारोडमा चिया–नास्ता पसल सञ्चालन गर्दै आएका आचार्य फागुन १८ गते बैंकमा खाता खोल्नुछ भन्दै दिउँसो घरबाट निस्कीएका थिए । दिनभर नास्ता पसलमै रहेका उनी सोही दिन राति साढे १० बजे बुद्धपथमा मृतावस्थामा फेला परेका थिए ।
आचार्यको शरीरमा गहिरो चोट भए पनि शव भेटिएको स्थानमा रगत नदेखिएकाले अन्यत्रै हत्या भएको हुनसक्ने परिवारको दाबी छ । “टाउकोको दुवै भागमा गहिरो चोट र दायाँ भागमा निलडाम थियो”, दाजु भवानीप्रसादले भने, “प्रदेश राजधानीको मुख्य बजारमा भएको घटनाको अनुसन्धानमा भइरहेको ढिलाइले परिवारमा आशङ्का उब्जाएको छ ।” शव परीक्षण रिपोर्टमा करङ भाँच्चिएको बताइएको छ । चन्द्रप्रसादको कुनै पनि व्यक्तिसँग लेनदेन, झैझगडा वा मनमुटाव केही नभएको परिवारको भनाइ छ ।
सुक्ष्म अनुसन्धान भइरहेको छ : प्रहरी
उता, जिल्ला प्रहरी कार्यालय सुर्खेतले चन्द्रप्रसाद आचार्य हत्या प्रकरणको सुक्ष्म अनुसन्धान गरिरहेको दाबी गरेको छ । जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले अनुसन्धानमा दत्तचित्त भएर खटिरहेको प्रहरीमाथि परिवारकै सदस्यबाट अनावश्यक आरोप लगाउनु दुखद् भएको बताए ।
उनले हत्याका ठोस आधारहरु नभेटिएपछि शून्यबाट घटनाको अनुसन्धान गर्नुपरेको बताए । “घटनालाई गम्भीररूपमा लिएका छौँ”, प्रहरी नायब उपरीक्षक क्षेत्रीले भने “अनुसन्धानकै क्रममा २० बढीलाई सोधपुछ गरिसकेका छौँ ।
मङ्गलबार पनि दुई जनालाई नियन्त्रणमा लिएका छौँ ।’ अनुसन्धान गर्ने बित्तिकै परिणाम नआउने भन्दै यस घटनालाई गम्भीरतापूर्वक लिएर नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि अनुसन्धान गरिरहेको उनले जानकारी दिए । प्रहरीले घटनास्थलमा भेटिएका प्रमाणलाई ल्याव परीक्षणका लागि काठमाडौँ पठाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर [ फोटो फिचर ]
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
मौसमको प्रतिकूलताले आन्तरिक उडान प्रभावित [ फोटो फिचर ]
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
नेपाल आइपुगे लेजेण्डरी क्रिकेटर ब्रायन लारा
मंसिर २८, २०८१ शुक्रबार
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
मंसिर २८, २०८१ शुक्रबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार