नक्कली भुटानी शरणार्थी प्रकरणः शुक्रबारबाट थुनछेक बहस शुरु हुने
नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार ११:३१:३४
११ जेठ, काठमाडौं । पूर्व उपप्रधानमन्त्री, पूर्वगृहमन्त्री लगायत नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरुको थुनछेकको बहस शुक्रबारबाट शुरु हुने भएको छ । बिहिबार सार्वजनिक बिदा परेकाले शुक्रबारबाट थुनछेक बहस हुने भएको हो । उनीहरूलाई लाई ५ वटा मुद्दामा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा अभियोजन गरेको छ ।
पक्राउ परेका र फरार सूचीमा रहेकासहित ३० जना प्रतिवादीविरुद्ध ५ वटा कसुर लगाउने गरी मुद्दा अभियोजन भएको हो । फरार सूचीमा रहेका बेचन झा आज मात्रै पक्राउ परेका छन् । उनलाई पनि अब शुक्रवार देखि नै यही मुद्दामा जोडेर थुनछेकमा सहभागी गराइनेछ ।
आरोपितहरु विरुद्ध ठगी, संगठित अपराध, कीर्ते, राज्य विरुद्धको अपराध र एकीकृत कसुरमा सजाय गर्न माग गरिएको छ । ठगीमा बिगो, ७० हजार रूपैयाँसम्म जरिवाना र ७ वर्षसम्म कैद सजाय हुन्छ । यस्तै, संगठित अपराधमा अतिरिक्त ५० प्रतिशत सजाय थप हुन्छ । एकीकृत कसुरमा सबैभन्दा बढी सजाय हुने कसुरको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसुर बापतको सजायको आधा सजाय थप गरि सजाय गर्नुपर्ने कानूनी व्यवस्था छ ।
यस्तै, राष्ट्र हित प्रतिकूल कार्य गर्न नहुने कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुन्छ । कीर्ते गर्न नहुने कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । सार्वजनिक ओहदामा बसेर भएको अपराधमा अतिरिक्त ५० प्रतिशत सजाय थप हुने कानुनी व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार