केन्द्रीय सदस्यहरु नै कांग्रेस सकियो भनेर लेख्छन्, यसले जनता र कांग्रेसबीचको दूरी बढेको छः कोइराला
नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार ११:५४:५५
११ जेठ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसका नेता र नेतृत्वले बाटो बिराउँदा पार्टी संकटमा पुगेको बताएका छन् । उनले कांग्रेसीहरुबाटै कांग्रेसमा अनिष्ट पैदा भइरहेको बताएका छन् । नेतृत्व र जिम्मेवारीमा बसेकाहरूको कारण नै कांग्रेसमाथि थुप्रै प्रश्नहरू उठिरहेको उनको भनाइ छ ।
नेपाल सांस्कृतिक महासंघको कार्यक्रममा कोइरालाले कांग्रेसको महत्वपूर्ण जिम्मेवारीमा पनि बसिरहने र कांग्रेस सिद्धियो भनेर सामाजिक सञ्जालमा पनि लेखिरहने कुरा गलत भएको बताए । उनले जिम्मेवारीमा बसेर पनि कांग्रेस सिद्धियो, सकियो भनेर टिप्पणी गरिरहे पनि कांग्रेस नसक्किने बताए । नेता कोइरालाले अहिले कांग्रेसका बारेमा राम्रो लेख्ने मान्छे नभएको बताए ।
अरू पार्टीमा केही सामान्य कुरा भएपनि नेतादेखि कार्यकर्तासम्म पार्टी र नेताको बचाउमा लाग्ने र सञ्चार माध्यमलाई पनि आफ्ना पक्षमा पार्ने काम हुँदै आएको भन्दै कोइरालाले कांग्रेसमा, कांग्रेसकै केन्द्रीय सदस्य र महासमिति सदस्यहरूले कांग्रेस सिद्धियो, सकियो भनेर लेखिरहेको बताए । उनले यस्तो लेखियो भने र कसैपनि पनि भ्रममा नपर्न भन्दै कांग्रेसमा भएका व्यक्ति सकिए पनि कांग्रेस कहिल्यै नसकिने बताए ।
उनले कांग्रेसमा नयाँ पुस्ताको आकर्षण हुन नसकेको बताए । कोइरालाको भनाइमा अरुभन्दा कांग्रेसीहरुबाटै कांग्रेस समस्या परेको छ । हामी कांग्रेसमा नयाँ पुस्ता आकर्षण हुन नसकेको कुरा गछौँ, कांग्रेसमा मात्रै नयाँ पुस्ताको युवा नभएको होइन, देशमै युवा छैनन् । युवा देश छोडेर हिँडिरहेको छ भनेर हामीले गम्भीर भएर सोच्ने बेला बित्दै गएको छ । कांग्रेस र जनताका बीचमा दुरी बढ्दा कांग्रेस र देश दुवैमा समस्या पैदा भएको छ ।
उनले कांग्रेसी नेता जनतासँग धेरै टाढा भएको बताए । नेता शहरमा रमाइ रहेकाले तलको कार्यकर्ता र जनताले पनि कांग्रेसविरुद्ध सोच्न थालेको बताए । कोइरालाले उपनिर्वाचनपछि सामाजिक सञ्जाल मात्रै नचलाइरहेको र हरेक कमेण्ट पनि पढ्ने गरेको बताए । उनले भने, ‘सामाजिक सञ्जालमा को सक्रिय छ ? के लेख्छ ? मैले पनि हेरिरहेको छु । मेरो आग्रह छ, तपाईंहरुमध्ये नै कोही लेख्दै हुनुहुन्छ भने सकारात्मक सोच राखेर लेख्नुहोस्, नकारात्मक सोचले नकारात्मक दिशातिर लैजान्छ, सकारात्मक सोचले सकारात्मक बाटोमै डोर्याउँछ ।’
नेता कोइरालाले पछिल्लो समय कांग्रेसमा व्यक्तिवादी चरित्र बढिरहेको बताए । उनले पार्टी समस्यामा गएपछि त्यो समस्याबाट पार्टीलाई जोगाउन कांग्रेसीहरु नै लाग्नुपर्ने बताए । पार्टीमा बसेर पार्टीकै विरुद्धमा बोल्ने र लेख्ने कामले पार्टीलाई मात्र हानी नपुर्याएर त्यस्ता व्यक्तिमाथि पनि हानी नै पुग्ने बताए । उनले सबै कांग्रेसीहरु सकारात्मक सोच लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारसंगको सम्झौता कार्यान्वयन भएन : महन्थ ठाकुर
जेठ १३, २०८१ आइतबार
सहकारी र सिरोहिया प्रकरणलाई लिएर सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षीको विरोध
जेठ १३, २०८१ आइतबार
राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान संचालन गर्ने
जेठ १३, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार
ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार