सिरहामा एमाले कार्यकताद्वारा जातीय विभेदविरुद्धको उजुरीकर्तामाथि आक्रमण
भेषराज पोखरेल
जेठ ११, २०८० बिहिबार ११:५६:७
११ जेठ, सिरहा । जिल्लाको भगवानपुर गाउँपालिकामा जातीय विभेदविरुद्ध उजुरी दिने उजुरीकर्तामाथि नेकपा (एमाले)का कार्यकर्ताले आज बिहान सांघातिक आक्रमण गरेका छ ।
एमालेबाट गाउँपालिका अध्यक्ष विजयी उग्रनारायण यादवले छलफलका लागि उजुरीकर्ता विष्णुदेव पासवानलाई बोलाएका थिए । छलफलमा आएका सो गाउँपालिका वडा नं. १ का पसवानलाई अध्यक्षकै योजनामा उनका कार्यकर्ताले आक्रमण गरी सख्त घाइते बनाइदिएका छन् ।
‘भोजको उजुरी हाल्ने मान्छे यही हो’ भन्दै आफूमाथि आक्रमण गरेको घाइते पासवानले बताएका छन् । जातीय रुपमा होच्याउने खालका शब्ल प्रयोग गरेर गालीगलौजपछि कुटपिट गरेको उनले बताए ।
एमालेका गाउँ कमिटीका पदाधिकारी सूर्यनारायणप्रसाद यादव, नन्दी यादव, घुरण यादव, देवन यादव, जीवछ यादवलगायतले योजनावद्ध रुपमा सार्वजनिक स्थलमा बोलाएर सामूहिक रुपमा घेरा हालेर कुटपिट गरेको उनले बताए ।
पासवानलाई जीवछ साफीले बोलाएर घटनास्थलसम्म ल्याएका थिए । ‘पहिला दुई/तीन जना बसेर छलफल गरौं भने, पछिबाट अन्य मानिसहरु आएर एककासि ममाथि आक्रमण गरे’ उनले भने ।
कुटपिटबाट उनको अनुहारसहित शरीरको विभिन्न भागमा चोटपटक लागेको छ भने ढाडमा गम्भीर चोट पुगेको प्रादेशिक अस्पताल लहानले जनाएको छ।
भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवले आफ्नी आमाको गएको २२ फागुनमा भएको शुद्धि भोजमा जातीय आधारमा दलित, मुस्लिम र गैरदलित समुदायलाई छुट्टाछुट्टै स्थानमा ब्यानर, प्लेकार्ड नै राखेर भोजको व्यवस्था गरेका थिए । यादवको उक्त कार्यबाट जातीय विभेद भएको र जातीय आधारमा भोज खुवाएको भन्दै सर्वत्र विरोध भएको थियो ।
सोही घटनालाई लिएर पासवानसहितका दलित अगुवाहरुले अध्यक्ष यादव लगायतलाई विभेद कसुरमा कारवाहीका लागि गत चैत १४ गते जिल्ला प्रहरी कार्यालय सिरहामा किटानी जाहेरी दर्ता गराएका थिए । जाहेरीमा साक्षीको बयानको तयारी भइरहेको बेला पासवानमाथि आक्रमण भएको हो ।
।
घटनाबारे प्रहरीमा खबर आएको र घटनाबारे बुझ्न प्रहरी टोली पठाइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र राज पाण्डेले जानकारी दिएका छन् ।
गत वर्ष वैशाख १० मा सम्पन्न स्थानीय तहको चुनावमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार क्रमशः उग्रनारायण र रेखाकुमारी यादव विजयी थिए ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपमिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
राशिफलः आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार