मधेशमा लोसपालाई वन मन्त्रालय दिएर सरकारमा ल्याइँदै
नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १३:४२:४९
११ जेठ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई एउटा मन्त्रालयको जिम्मेवारी दिएको सरकारमा सामेल गराउने भएका छन् ।
मुख्यमन्त्री यादवले लोसपालाई वन मन्त्रालय दिने र आजै सरकारमा सहभागी गराउने भएको जनाइएको छ । यसलाई लोसपाले पनि पुष्टि गरेको छ । लोसपाले पार्टीको मधेश प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीकाे नेतृत्वमा पार्टी सरकारमा सहभागी हुने पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।
कुर्मीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको उनले बताए । कुर्मीलाई आज बेलुका ५ बजे शपथ खुवाउने तयारी भएको जनाइएकाे छ । मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार एकलौटी ढंगबाट गरेको भन्दै माओवादी केन्द्र भने मंगलबार नै सरकारबाट बाहिरिइसकेको छ ।
माओवादी केन्द्रले २ वटा मन्त्रालयमा दाबी गरेपनि भूमि व्यवस्था मात्र दिइएको पाएको थियो । त्यसलाई त्यागेर सरकारबाहिर आएको हो । जनमत पार्टी पनि असन्तुष्ट बनेको छ । माओवादी केन्द्रले पनि दुईवटा मन्त्रालय माग गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार