बागमतीमा चल्ने सवारीसाधनको भाडा ५ प्रतिशतले घटाउने निर्णय
नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १५:१२:१२
११ जेठ, काठमाडौं । बागमती प्रदेश सरकारले अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा घटाएको छ । सवारीमा लाग्ने भाडाको ५ प्रतिशत भाडा घटाइएको बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव अस्मान तामाङले बताए ।
पेट्रोलियम पदार्थको मूल्य घटेपनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भइरहेको बेला प्रदेश सरकारले भाडा घटाएको हो ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब ५ प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको जनाइएको छ ।
उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा साविकको भाडामा बिहीबारबाट लागू हुने गरी ५.९० प्रतिशतले घट्नेछ । बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाउने निर्णय मन्त्रालयले गरेको छ ।
यातायात व्यवस्था विभागले यसअघि नै यात्रुबाहक बस, तराई र पहाडी भेगमा चल्ने मलबाहक सवारीको नयाँ भाडा दर घटाइसकेको छ । सकारले प्रतिलिटर १६५ रुपैयाँ रहेको डिजेलको मूल्य १५५ मा झारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक सञ्जाल विस्तार भएसँगै सहज बन्दै मनाङको यात्रा
माघ ६, २०८१ आइतबार
७ वर्षमा चौथो पटक म्याद थप गर्दा पनि ४ किमी सडक कालोपत्र भएन
माघ ६, २०८१ आइतबार
बाढीपहिरोले क्षति पुर्याएको वीपी राजमार्ग कहिले बन्ला ?
माघ ५, २०८१ शनिबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार