रूकुम जिप दुर्घटना : ब्रेक फेलपछि भीरबाट खसेको चालकको भनाइ

नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १५:३८:३१

११ जेठ, काठमाडौं । बिहीबार बिहान रूकुम पश्चिको बाँफिकोट-८ स्थित दुलीमा भएको जिप दुर्घटना ब्रेक फेल भएका कारण भएको खुलेको छ । घाइते अवस्थामा उपचाररत चालक दीपक बाँठामगरले सो कुरा बताएका हुन् ।
जिप दुलीको मोतिखोलानजिक सडकबाट करिब ४ सय मिटर तल खसेको थियो । खस्दा २२ दिनकी सुत्केरी र उनका नवजात शिशुसहित ५ जनाको ज्यान गएको थियो । खुट्टा भाँचिएका चालक मगरको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । अन्य ५ जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
‘पानी परेर सडक चिप्लो भएको र ब्रेक नलाग्दा ८ मा लु १ ज १७४७ नम्बरको जिप दुर्घटनाग्रस्त हुन पुगेको घाइते चालकले बताएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सानीभेरी गाउँपालिका–५ का ४८ वर्षीय देउचन खत्री, सोही वडाका ७० वर्षीय कर्णबहादुर बाँठा, सोही वडाकी २३ वर्षीया शीतल कुसारीको मृत्यु भएको छ ।
त्यस्तै बाँफिकोट गाउँपालिका ८ की २२ वर्षीया रेखा खनाल केसी र उनका २२ दिनका छोरा रोशन केसीको पनि दुर्घटनामा ज्यान गएको छ । अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका ४ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट बाँकेको नेपालगञ्ज लगेर उपचार गराइरहेको छ ।
सानीभेरी गाउँपालिका–५ का २ वर्षीया प्रसिद्ध कुसारी, २० वर्षीया अनिता केसी, २२ वर्षीय ललित बाँठा र जिप धनी ४० वर्षीय प्रेम बाँठा मगरलाई नेपालगन्ज लगिएको हो । प्रसिद्ध कुसारी मृतक शीतलकी पुत्र हुन् ।
सल्लेमा उपचार गराइरहेकामा सानीभेरी–५ कै ४६ वर्षीय कर्णवीर पुन, ४६ वर्षीय गम्भीर कुसारी, १७ वर्षीया मनिषा बस्नेत, १७ वर्षीया रिता खत्री, २१ बर्षीया कल्पना केसी र जीप चालक छन् । जिप क्षतिग्रष्त भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेला हेरेर फर्किने क्रममा भिरबाट लडेर मृत्युु
जेठ २३, २०८० मंगलबार
चितवनमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु
जेठ २२, २०८० सोमबार
यस वर्ष चलचित्रको निर्माण सङ्ख्या घट्ने
जेठ २२, २०८० सोमबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
शरणकुमार अर्याल
जेठ २२, २०८० सोमबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित तारकेश्वर महादेव
जेठ २३, २०८० मंगलबार
सञ्चार मन्त्रीसँग अब जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने
जेठ २३, २०८० मंगलबार
आर्थिक चलखेलपछि चोरीको आरोपमा पक्राउ परेका सुन व्यवसायी राति छुटे
जेठ २३, २०८० मंगलबार
बलात्कार गरेको आरोपमा एकजना पक्राउ
जेठ २३, २०८० मंगलबार
भ्यू टावरबाट देखिएको माडी उपत्यका
जेठ २३, २०८० मंगलबार