रूकुम जिप दुर्घटना : ब्रेक फेलपछि भीरबाट खसेको चालकको भनाइ
नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १५:३८:३१
११ जेठ, काठमाडौं । बिहीबार बिहान रूकुम पश्चिको बाँफिकोट-८ स्थित दुलीमा भएको जिप दुर्घटना ब्रेक फेल भएका कारण भएको खुलेको छ । घाइते अवस्थामा उपचाररत चालक दीपक बाँठामगरले सो कुरा बताएका हुन् ।
जिप दुलीको मोतिखोलानजिक सडकबाट करिब ४ सय मिटर तल खसेको थियो । खस्दा २२ दिनकी सुत्केरी र उनका नवजात शिशुसहित ५ जनाको ज्यान गएको थियो । खुट्टा भाँचिएका चालक मगरको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । अन्य ५ जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
‘पानी परेर सडक चिप्लो भएको र ब्रेक नलाग्दा ८ मा लु १ ज १७४७ नम्बरको जिप दुर्घटनाग्रस्त हुन पुगेको घाइते चालकले बताएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सानीभेरी गाउँपालिका–५ का ४८ वर्षीय देउचन खत्री, सोही वडाका ७० वर्षीय कर्णबहादुर बाँठा, सोही वडाकी २३ वर्षीया शीतल कुसारीको मृत्यु भएको छ ।
त्यस्तै बाँफिकोट गाउँपालिका ८ की २२ वर्षीया रेखा खनाल केसी र उनका २२ दिनका छोरा रोशन केसीको पनि दुर्घटनामा ज्यान गएको छ । अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका ४ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट बाँकेको नेपालगञ्ज लगेर उपचार गराइरहेको छ ।
सानीभेरी गाउँपालिका–५ का २ वर्षीया प्रसिद्ध कुसारी, २० वर्षीया अनिता केसी, २२ वर्षीय ललित बाँठा र जिप धनी ४० वर्षीय प्रेम बाँठा मगरलाई नेपालगन्ज लगिएको हो । प्रसिद्ध कुसारी मृतक शीतलकी पुत्र हुन् ।
सल्लेमा उपचार गराइरहेकामा सानीभेरी–५ कै ४६ वर्षीय कर्णवीर पुन, ४६ वर्षीय गम्भीर कुसारी, १७ वर्षीया मनिषा बस्नेत, १७ वर्षीया रिता खत्री, २१ बर्षीया कल्पना केसी र जीप चालक छन् । जिप क्षतिग्रष्त भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार
हत्या गरिएको अवस्थामा युवकको शव भेटियो
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार