विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १६:२:१५
११ जेठ, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । काठमाडौंको काठमाडौं महानगरपालिका-१४ बल्खुबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने बस्तु करिब ५ सय ग्रामसहित काठमाडौं कीर्तिपुर बस्ने ३२ वर्षीय विनायक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र ०२.०४० प.८०७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार श्रेष्ठलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौंकै चन्द्रागिरी नगरपालिका-२ स्थित देउराली भञ्जाङबाट अवैध लागुऔषध गाँजा करिब ४ केजी ५ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका-१ बस्ने २६ वर्षीय बिपिन मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५१ प ३३६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
बाराको निजगढ नगरपालिका-८ तामागेटस्थित सडकबाट अवैध लागुऔषध गाँजा १२ केजीसहित सोही नगरपालिका-३ सिंगौल टोल बस्ने ४५ वर्षीय अर्जुन कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले हेटौंडाबाट महोत्तरीतर्फ जाँदै गरेको ना।७ ख ६४६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित फेला परी पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-२० राझाँ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १४ ग्रामसहित सोही उपमहानगरपालिका-१४ उदयपुरुवा बस्ने २५ वर्षीय सिताराम लोनियालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुरको थाहा नगरपालिका-२ फेदिगाउँ बस्ने ५५ वर्षीय सूर्य तामाङलाई अवैध लागुऔषध गाँजाको धुलो १८ केजी ४० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजाको धुलो फेला पारी उनलाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
नक्कली नोट सहित दुई जना पक्राउ
असोज २०, २०८१ आइतबार
होटलमा जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ
असोज १६, २०८१ बुधबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
नोबेल जित्नु ‘भूकम्प’ जस्तै– रुभ्कन
असोज २१, २०८१ सोमबार
तीन महिनाको हावापानी, पुस १६ गतेसम्म जाडो हुँदैन
असोज २२, २०८१ मंगलबार
एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान
असोज २२, २०८१ मंगलबार
काठमाडौंका विभिन्न स्थानबाट यात्रुसँग बढि भाडा असुल्ने ३१ जना पक्राउ
असोज २२, २०८१ मंगलबार
आजदेखि उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न पाउने
असोज २२, २०८१ मंगलबार
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने
असोज २२, २०८१ मंगलबार
धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु
असोज २२, २०८१ मंगलबार
सरकारले क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार स्थानीय तहमा बजेट दिने
असोज २२, २०८१ मंगलबार