दाङमा जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १६:२७:२६

११ जेठ, दाङ । दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
जीपको ठक्करबाट सख्त घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।
आज बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नं. को जीपले सोही दिशातर्फ गइरहेको रा ७ प ४२३७ नं. को स्कुटरलाई दङ्गीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो । शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउथिन्। उनलाई विद्यालयमा जाने क्रममा जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
सीताका श्रीमान झग्गु केसी पनि शिक्षक नै हुन् । उनी तुलसीपुर–४ स्थित गुरु जजुर नमूना उच्च मावि रक्षाचौरमा पढाउँछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेला हेरेर फर्किने क्रममा भिरबाट लडेर मृत्युु
जेठ २३, २०८० मंगलबार
चितवनमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु
जेठ २२, २०८० सोमबार
यस वर्ष चलचित्रको निर्माण सङ्ख्या घट्ने
जेठ २२, २०८० सोमबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
शरणकुमार अर्याल
जेठ २२, २०८० सोमबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार
कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र
जेठ २३, २०८० मंगलबार
सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी
जेठ २३, २०८० मंगलबार
तराई क्षेत्रमा गत वर्षको तुलनामा तापक्रम ३ डिग्री बढी मापन
जेठ २३, २०८० मंगलबार
वितरणका लागि खरिद गरिएको पाइप
जेठ २३, २०८० मंगलबार
निस्दीखोलामा निर्माण हुँदै गरेको पक्की पुल
जेठ २३, २०८० मंगलबार
विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ
जेठ २३, २०८० मंगलबार