रेशम चौधरीको सजाय माफीका लागि सरकारले थाल्यो प्रक्रिया

नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १६:४२:२३

११ जेठ, काठमाडौं । सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय मिनाहको लागि तयारी थालेको छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा मुख्य योजनाकार ठहर भई जन्मकैदको सजाय पाएका चौधरीको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ ।
माफी दिने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ राष्ट्रपति कार्यालय पुगेका थिए । जेठ १५ गते गणतन्त्र र असाेज ३ गते संविधान दिवसकाे अवसरमा सरकारले विभिन्न कैदीहरूकाे सजाय माफी दिँदै आएकाे छ ।
कैलालीकाे टिकापुर घटना थारु समुदायले संविधानप्रति असन्तुष्ट जनाउँदै थरुहट संघर्ष समितिको नेतृत्वमा आन्दोलन चलाइरहेको थियो ।
चौधरी संरक्षक रहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) अहिले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छ । चौधरीको रिहाईलाई मुख्य माग बनाएर नाउपा सरकारमा सामेल भएकाे हो । सर्वाृेच्च अदालतले चौधरीको मुद्दालाई सदर गरेपछि प्रधानमन्त्रीले सरकारले रिहाईको व्यवस्था मिलाउने आश्वसन संसदमै दिएका थिए ।
नाउपा अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठ छिन्र । उनी भूमि व्यवस्था मन्त्री बनेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभा बैठक अझै सुरु भएन, करको दर हेरफेर विषयले बैठकमा हंगामा हुने संकेत
जेठ २३, २०८० मंगलबार
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र सिटिबिटीयोका कार्यकारी सचिव रोर्बटबीच भेटवार्ता
जेठ २३, २०८० मंगलबार
राष्ट्रिय सभाको बैठक भोलिलाई सर्यो
जेठ २३, २०८० मंगलबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
शरणकुमार अर्याल
जेठ २२, २०८० सोमबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
जेठ २२, २०८० सोमबार
गुणस्तर तथा नापतौल कार्यालयका नासु यादवको चार करोड अतिरिक्त सम्पत्ति
जेठ २२, २०८० सोमबार
प्रतिनिधिसभा बैठक अझै सुरु भएन, करको दर हेरफेर विषयले बैठकमा हंगामा हुने संकेत
जेठ २३, २०८० मंगलबार
बिहीबारदेखि नेपाल ग्रामीण चलचित्र महोत्सव हुने
जेठ २३, २०८० मंगलबार
अन्नपूर्ण हिमालको आधार शिविरमा पुगे पर्यटक
जेठ २३, २०८० मंगलबार
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र सिटिबिटीयोका कार्यकारी सचिव रोर्बटबीच भेटवार्ता
जेठ २३, २०८० मंगलबार
मह बिक्रीबाट राम्रो आम्दानी
जेठ २३, २०८० मंगलबार
पाँच महिनामा चार लाख ७० हजार पर्यटकले गरे लुम्बिनी भ्रमण
जेठ २३, २०८० मंगलबार