नागरिक बेच्ने अपराधीहरुलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाइयाे

नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १७:४५:३७

११ जेठ, स्याङ्जा । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई बेच्ने कार्य देशद्रोही भएको ठहर गर्दै घट्नामा संलग्नलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै स्याङ्जामा ज्ञापनपत्र बुझाइएको छ ।
वास नेपाल र आपसी सहयोग केन्द्रले स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे मार्फत प्रधानमन्त्रीलाई राज्यशक्तिको दुरुपयोग गर्दै नागरिक बेच्ने अपराधीहरुलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको हो ।
वास नेपाल जिल्ला शाखा स्याङ्जाका उपाध्यक्ष हेमप्रकाश गुरुङ र आपसी सहयोग केन्द्र स्याङ्जाका निर्देशक हरीप्रसाद ढकालले संयुक्त हस्ताक्षरण गरेको ज्ञापनपत्रमा देशको छविलाई नै धुमिल गराउने गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई संयुक्त राज्य अमेरीका पठाउने कार्यले विश्वसामु नेपालीले शिर निहुराउनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन् । यस्तो अपराधमा संलग्न कोही कसैलाई कुनै बहानामा नछाड्न नागरिकको तर्फबाट खबरदारी गर्दछौं विज्ञप्तीमा भनिएको छ ।
देशमा भष्ट्रचार संस्थागत रुपले भइरहेको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ,‘कयौ भष्ट्रचारका काण्डहरु राजनीतिक अवरणमा ढाकछोप र दोशीलाई कारवाही नगरेर छाडिएको उदाहरणहरु छन् ।’ यस्ता प्रकारका घट्ना दोहोदिै जानु र अपराधमा संलग्नलाई छाड्दै जाने हो भने आम नागरिकहरु चुप लागेर बस्ने छैनन् विज्ञप्तीमा भनिएको छ ।
अहिले पनि बहादवाला गृह सचिव, पुर्व गृहमन्त्री र पुर्व उपाप्रधानमन्त्री लगायत हाइैप्रोफाईलका व्याक्तिहरु पक्राउ परेका छन् । यस कार्यको आम नागरिकले सम्मान गरेको छ । तर विगतमा झै छानविन कमजोर बनाएर कुनै बहानामा छाड्ने काम भयो भने सरकारले नागरिकको विश्वास गुमाउने छ भन्दै भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्याक्तिलाई कडा भन्दा कडा कारवाही गर्न जोडदार माग गर्दर्छौ विज्ञप्तीमा भनिएको छ ।
वास नेपाल र आपसी सहयोग केन्द्र स्याङ्जाले १० बुँदे भष्ट्रचार बिरुद्धको संयुक्त राष्ट्रिसंघिय महासन्धि कार्यन्वयनका लागि समेत माग गरेको छ । अख्तियारलाई संस्थागत बनाईयोस, भष्ट्रचार विरुद्ध शुन्य सहनशीलताको रणनीति अवलम्वन गरियोस, राजनीतिकदललाई पारदर्शी बनाउने व्यवस्था गरियोस लगायतका १० बुँदे माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै स्याङ्जाका प्रजिअ घिमिरेले प्रधानमन्त्री कार्यालयमा तत्काल पठाउने प्रतिवद्धता व्यक्त गर्दै स्याङ्जामा हुने भष्ट्रचारका सवालमा आफुले कठोर कदम चाल्ने बताए । भष्ट्रचार गर्नु अपराध हो भन्ने बुझेर यस्ता गलत क्रियाकलापमा लाग्ने जो कोहीलाई आफुले नछाड्ने बताउदै प्रजिअ घिमिरेले यस्ता क्रियाकलापलाई निरुत्साही पार्न सबैले सहयोग गर्न अनुरोध गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशले ल्यायो नीति तथा कार्यक्रम
जेठ २१, २०८० आइतबार
असार नलाग्दै गलकोटमा रोपाइँको चटारो
जेठ २१, २०८० आइतबार
गह्रौ अस्पतालमा अत्यावश्यक प्रसुती शल्यक्रिया शुरु
जेठ १९, २०८० शुक्रबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
शरणकुमार अर्याल
जेठ २२, २०८० सोमबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
जेठ २२, २०८० सोमबार
गुणस्तर तथा नापतौल कार्यालयका नासु यादवको चार करोड अतिरिक्त सम्पत्ति
जेठ २२, २०८० सोमबार
एसियन कप छनोटको दोस्रो चरण खेलमा नेपाल र म्यान्मा भिड्ने
जेठ २३, २०८० मंगलबार
गर्मी बढेपछि तनहुँको विद्यालय बन्द
जेठ २३, २०८० मंगलबार
खानेपानीको समस्या हट्ने भएपछि शुक्लाफाँटावासी खुशी
जेठ २३, २०८० मंगलबार
नेशनल लाईफ इन्स्योरेन्सको वार्षिक औसत प्रतिफल सन्तोषजनक
जेठ २३, २०८० मंगलबार
छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
जेठ २३, २०८० मंगलबार