मदिरा : प्रत्येक दिन एक गिलास पिउँदा पनि ‘मस्तिष्कघात हुन सक्छ’ !
इन्द्र रिजाल
चैत २७, २०७५ बुधबार १६:१८:३
काठमाडौं । सीमित मात्रामा प्रत्येक दिन मदिरा सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने मान्यतालाई एउटा नयाँ अध्ययनले चुनौती दिएको छ।
ल्यान्सेट जर्नलमा प्रकाशित एउटा शोधका अनुसार दिनमा थोरै वा ठिक्क मात्रामा मादक पदार्थ सेवन गर्दा पनि रक्तचाप बढ्न सक्छ र त्यसले मस्तिष्कघात हुने सम्भावना बढाउँछ।
सो अध्ययनका लागि पाँच लाख चिनियाँहरूलाई १० वर्षसम्म नियालिएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार उक्त निष्कर्ष विश्वका सबै खाले मानिसहरूका लागि उपयुक्त छ। मदिराले मानिसमा कस्तो असर पार्छ भन्नेबारे यो निष्कर्ष सबैभन्दा राम्रो प्रमाण भएको उनीहरूले बताएका छन्।
अत्यधिक मात्रामा मदिरा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक भएको र त्यसले मस्तिष्कघातको सम्भावना बढाउने कुरामा विवाद थिएन। तर अन्य केही अध्ययनले भने कम मात्रामा नियमित मदिरा सेवन गर्नु शरीरका लागी राम्रो हुने निष्कर्ष निकालेका थिए। त्यस्तै अन्य केही अध्ययनले भने कति सेवन गर्नु उचित हुन्छ नसकिने देखाएका थिए।
- अध्ययनको परिणाम
अक्स्फर्ड विश्वविद्यालय, पेकिङ विश्वविद्यालय र चाइनिज अक्याडमी अफ मेडिकल साइन्सका अनुसन्धानकर्ताले केही तथ्य पत्ता लगाएका छन् । - प्रत्येक दिन ९१४ ग्राम शुद्ध एल्कहल सेवन हुनेगरी मदिरा सेवन गर्दा मस्तिष्काघातको सम्भावना १० देखि १५ प्रतिशतले बढ्छ ।
- दिनमा चारवटासम्म मदिरा सेवन गर्ने मानिसमा मस्तिष्कघातको सम्भावना ३५ प्रतिशत बढी हुन्छ ।
- अध्ययनका लागि मदिरालाई यसरी वर्गीकरण गरिएको छ ।
ब्रिटेनमा प्रत्येक एक सयमा १६ पुरुष र २० महिलालाई उनीहरूको जीवनकालमा एक पटक मस्तिष्कघात हुन्छ। मदिरा सेवन नगर्ने एक सय जना मानिसले दिनको एक वा दुई गिलास सेवन गर्ने हो भने थप दुई पटक मस्तिष्कघात हुन सक्ने सम्भावना रहन्छ।
हल्का वा मध्यम मात्रामा मदिरा सेवन गर्दा मस्तिष्कघात हुनबाट जोगाउन सक्ने कुनै पनि तथ्य फेला नपरेको यो अध्ययनले देखाउँछ। मदिराको प्रभावबारे अध्ययन गर्न पूर्वी एशियाली मुलुक उपयुक्त मानिन्छ। चिनियाँ मूलका मानिसहरूमा आनुवंशिक कारणले मदिराले बेफाइदा गर्छ। मदिरा सेवन गर्दा शरीरमा हुने प्रतिक्रियाले उनीहरू अस्वस्थ हुन्छन्।
त्यसैले चीनमा मदिरा सेवनको अनुपातमा ठूलो अन्तर छ। प्रत्येक तीन पुरुषमा एक जनाले मदिरा सेवन गर्दैनन् भने सेवन गर्ने महिलाको सङ्ख्या पनि निकै कम छ। मदिरा सेवन गर्ने र नगर्नेहरूको स्वास्थ्य अवस्था र आनुवंशिक संरचनाको तुलना गर्दा मस्तिष्काघात हुनमा मदिराको भूमिकाको मूल्याङ्कन गर्न सकिने वैज्ञानिकरू बताउँछन्।
अनुसन्धानकर्ताहरूका अनुसार उक्त अध्ययनको मुख्य सन्देश भनेको ठिक्क परिमाणमा मदिरा सेवन गर्दैमा मस्तिष्कघातको सम्भावना घट्दैन भन्ने हो। अर्थात् प्रत्येक दिन कम मात्रामै मदिरा सेवन गर्दा पनि मस्तिष्कघात हुने सम्भावना बढ्छ।
यसको प्रतिविम्ब ब्रिटेनले प्रकाशित गरेको मदिरासम्बन्धी निर्देशनमा पनि देख्न सकिन्छ। त्यसमा एक हप्तामा १४ वटा भन्दा बढी मदिरा सेवन नगर्न सल्लाह दिइएको छ। स्वास्थ्यसम्बन्धी जोखिम कम गर्न उक्त निर्देशनमा बेलाबेलामा मदिरा सेवन नगर्न पनि भनिएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
नक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
कोलकोता आइपिएलको प्लेअफमा
बैशाख ३०, २०८१ आइतबार
गायक रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण
बैशाख ३०, २०८१ आइतबार
प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
बैशाख ३०, २०८१ आइतबार
अल हिलालले जित्यो साउदी लिगको उपाधि
बैशाख ३०, २०८१ आइतबार
देशका विभिन्न भागमा चट्याङ्ग र हावाहुरीसहित वर्षा
बैशाख ३०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३०, २०८१ आइतबार