गोरखामा एक लाख २० हजार बढी पशु चौपायालाई खोप
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार ११:१५:२८
१२ जेठ, गोरखा । गोरखाको दुई पालिकाभित्रका करिब एक लाख २० हजार पशुचौपायालाई खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकाभित्रका गाईभैँसी, बाख्रा, बङ्गुर तथा कुकुरलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको हो ।
पशुसेवा विज्ञ केन्द्रका अधिकृत तथा सूचना अधिकारी डा. लालमणि अर्यालका अनुसार भीमसेन थापा गाउँपालिकामा १४ हजार एक सय ३४ गाईभैँसीलाई खोरेत, भ्यागुते रोग र चरचरेविरुद्धको खोप लगाइएको छ ।
त्यस्तै नौ सय १२ बङ्गुरलाई स्वाइन फिवरविरुद्धको खोप र ३९ हजार नौ सय २२ बाख्रालाई पिपिआर रोगविरुद्ध खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिकामा सात सय ११ कुकुरलाई पनि यस वर्ष रेबिजविरुद्धको खोप दिइएको डा आर्चायले जानकारी दिए ।
त्यस्तै आरुघाटमा १७ हजार आठ सय ९१ गाईभैँसीलाई खोरेत, भ्यागुते रोग र चरचरेविरुद्धको खोप र एक हजार छ सय ३५ बङ्गुरलाई स्वाइन फिवरविरुद्धको खोप लगाइएको छ । आरुघाटभित्र ४२ हजार छ सय ४७ बाख्रालाई पिपिआरविरुद्धको तथा एक हजार चार सय ५५ कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।
जिल्लामा पशुधनको सुरक्षाका लागि २०७८ सालदेखि सुरु भएको खोप कार्यक्रम अहिले चार स्थानीय तहमा विस्तार भएको डा. आर्चायले बताए । “खोप कार्यक्रम सञ्चालन भएका क्षेत्रमा बाख्रामा पिपिआरविरुद्धको खोप लगाएपछि रोग देखापरेको छैन”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
पुष १८, २०८१ बिहिबार
तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित
पुष १८, २०८१ बिहिबार
इलाममा धान उत्पादन घट्यो
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार
तराई तथा काठमाडौं उपत्यकामा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १९, २०८१ शुक्रबार