जनमोर्चाले भन्यो- ‘रेशम चौधरीलाई आममाफी दिनु राजनीतिको अपराधीकरण’
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार ११:४२:४८
१२ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रियाको विरोध गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गर्दै चौधरीलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने उसको निष्कर्ष छ ।
कैलालीको टिकापुर २०७२ भदौ ७ मा नेपाल प्रहरीका एसएसपीसहित ७ प्रहरी र एक नाबालको ज्यान जाने गरी भएको काण्डमा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई सरकारले गणतन्त्र दिवसको दिनको अवसर पारेर बाँकी सजाय आममाफी दिने प्रक्रिया अघि बढाएको छ । त्यो प्रक्रियालाई रोक्न जनमोर्चाले माग गरेको छ ।
‘टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको जनमोर्चाको तर्क छ । घटनाका मुख्य नाइकेको रुपमा जिल्ला, उच्च र सर्वोच्च अदालतले ठहर गरेको छ । सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदावाजी मात्र हो,’ विज्ञप्तिमा लेखिएको छ । चौधरी नाउपाका संरक्षक समेत हुन् ।
आममाफी दिन सरकारले निवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुर्याइसकेको छ । राष्ट्रपतिबाट सहमति आए गृहमन्त्रालयले चौधरीको फाइल मन्त्रिपरिषदमा लैजानेछ । प्रधानमन्त्री प्रचण्डले चौधरीलाई रिहाइ गर्ने आश्वसनमा नाउपालाई सरकारमा सामेल गराएका छन् । नाउपाबाट पार्टी अध्यक्ष एवं रेशमपत्नी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री छिन् ।
चौधरीलाई रिहाई गर्न नहुने भनेर घोषित रुपमा विराेधमा उत्रने जनमोर्चा एक्लो पार्टी हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने
मंसिर २, २०८१ आइतबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार