नक्कली शरणार्थी सम्बन्धी मुद्दाको पेशी न्यायाधीश न्यौपानेको इजलाशमा, सुरुमा दुलालको बयान लिने तयारी
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार १२:२:४६
१२ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको पेशी न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशमा परेको छ । सुरुमा इजलाशसामु अभियुक्त केशव दुलालको बयान लिने तयारी भएको छ । दुलाललाई प्रकरणको मुख्य योजनाकार अन्तर्गत राखिएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने षडयन्त्रमा उनीहरूबाट करोडौं रूपैयाँ असुलेर ठगी गरेको लगायत मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका बहालवाला सचिव टेक नारायण पाण्डे लगायतका ३० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार मात्र मुद्दा दायर गरेको थियो ।
प्रकरणमा १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । उनीहरुविरुद्ध ठगी, किर्ते, राज्यबिरुद्ध अपराध र संगठित अपराध कसुरमा मुद्दा चलाइएको छ ।
मुद्दामा थुकछेक बहसका लागि आजबाट न्यायाधीश समक्ष अदालतका कर्मचारीबाट अभियुक्तहरूको पुन बयान लिइनेछ । थुनछेक बहस सकिन कम्तीमा १५ दिन लाग्ने अनुमान गरिएको छ । बयान लिने बेला पत्रकारलाई प्रवेश नदिइने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालतले भन्यो, पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
बक्यौता छुट दिने मन्त्रिपरिषदको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार