पशुपतिको जलहारी विषयमा प्रतिनिधिसभा बैठकमा जुहारी, एमाले सांसदहरुद्वारा वेल घेराउ
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार १२:५१:२७
१२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले अवरोध गरेका छन् । बैठकमा बोल्ने सत्ता पक्षका सांसद लेखनाथ दाहालले यही जेठ १० गतेकाे बैठकमा रोष्ट्रमबाट बाेल्दै पशुपतिनाथ मन्दिरमा सुनको जलहारीको नाममा पित्तलको जलहरी राखेर भ्रष्टाचार गरेको बताएपछि एमालेको संसदीय दल नेता केपी शर्मा ओलीसहित सबै सांसदहरुले आसनबाट उठेर विराेध गरेका छन् ।
एमालेमाथिकाे आराेप झुटा भएकाे भन्दै अभिव्यक्ति फिर्ताकाे माग गर्दै वेल घेराउ गरेका छन् । जलहारीको गुणस्तरमाथि सरकार पक्षका सांसदले प्रश्न उठाउँदै भ्रष्टाचार भएको विषय उठाएपछि बैठकमा जुहारी नै चलेको छ ।
सभामुख देवराज घिमिरेले आरोप लगाउने सांसद हितराज पाण्डेलाई आफ्नो प्रष्टीकरण राख्न लगाएका छन् । पाण्डेले सरकारले मुलुकका सबैखाले भ्रष्टाचारकाे गम्भीर रुपमा छानबिन गरिरहेको बताए ।
पाण्डेको प्रतिक्रियापछि सभामुख घिमिरेले बैठकमा उठेको प्रश्न बैठकमै छलफल गरेर अगाडि जान सकिने भन्दै आ–आफना आसनमा गएर बस्न आग्रह गरेका थिए । तैपनि नाराबाजीसहित वेल घेराउ कार्यलाई जारी राखेपछि सभामुख घिमिरेले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
एमाले संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले गम्भीर आरोप खेपेर बैठक सुचारु गर्न दिनु प्रतिपक्षको धर्मले नदिने बताए । प्रमुख सेचतक पदम गिरीले आधारहीन आरोपको निराकरण नभएसम्म संसद चल्न नदिने चेतावनी दिँदै नाराबाजी र घेराउ गर्न नछाडेपछि बैठक स्थगित गरिएको हो । झुटा अभिव्यक्ति दिनेलाइ माफी माग्न लगाउनुपर्ने एमाले सांसदहरूकाे माग छ ।
जलहरी तत्कालीन सरकारको नेतृत्व गर्ने ओलीको पालामा पुरानो हटाएर नयाँ राखिएको थियो । जलहरीको उद्घाटन एमालेबाट राष्ट्रपति बनेकी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने
मंसिर २, २०८१ आइतबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार