एमाले आक्राेशित हुने गरी जलहरीबारे के भनेका थिए सांसद लेखनाथले ?
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार १४:१४:३३
१२ जैठ, काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले अवरुद्ध पारेको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का सांसदले आफूमाथि पशुपतिनाथ मन्दिरमा रहेको जलहारीबारे संसद बैठकमै झुटा आरोप लगाएको र गम्भीर चिन्ताको विषय बनेको भन्दै आरोप फिर्ता लिन र आरोप लगाउनेलाई मार्फ माग्न लगाउन माग गर्दै बैठक अवरुद्ध पारेको हो ।
सभामुख देवराज घिमिरेले बैठक सुरु हुने जानकारी दिनसाथ एमालेका संसदीय दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलगायत सबै कुर्सीबाट उठेर विरोध जनाएका थिए । तैपनि सभामुख घिमिरेले एमालेका सांसदहरुले उठाएको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको र बस्न पटकपटक आग्रह गरेपनि आरोपीलाई माफी नमगाएसम्म बैठक चल्न नदिने अडान राखेपछि बैठक स्थगित भएको छ । २० मिनेटका स्थगित गरिएको भनिएको बैठक झण्डै एक घण्टा बित्दा पनि सुरु हुन सकेको छैन ।
एमालेले बैठक नै अवरुद्ध गर्नूपर्ने गरी सांसद लेखनाथले संसदमा के भनेका थिए ? यसलाई हेर्नुपर्ने भएको छ । यही जेठ १० गते बसेको बैठकमा सिन्धुली २ बाट प्रतिनिधित्व गरिरहेका सांसद दाहालले एमाले अध्यक्ष ओलीले आफ्नो सरकारको पालमा पशुपतिनाथ मन्दिरको शिव लिंग राखिने जलहारी सुनको भनेर पित्तलको राखेर भ्रष्टाचार गरेको अभिव्यक्ति दिएका थिए । उनले ओलीकै पालामा वैदेशिक ऋण ७ खर्बबाट बढेर १७ खर्ब पुगेको बताएका थिए । यति, ओम्नी काण्ड ओलीकै पालामा भएको धारणा राखेका थिए ।
उनले ओलीलाई भनेका थिए, ‘उहाँ ३ वर्ष सरकारमा हुँदा ७ खर्ब ऋण थियो भने सरकार छोड्दा १७ खर्ब ऋण कसरी पुग्यो ? यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्दा उहाँ सरकारमा छँदा कति भ्रष्टाचार काण्ड आए । यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको २ अर्बको भष्टाचार । त्यतिमात्र हैन पशुपतिनाथमा जलहरी लगाउँदा पनि सुन भनेर पित्तल लगाइदिएको जस्ता सयौँ यस्ता भ्रष्टाचारका काण्ड छन् । तर अहिलेको सरकारले भ्रष्टाचारविरुद्ध धेरै राम्रो गर्दैछ । सत्य कुरा यो हो ।’
शुक्रबारकाे बैठकमा विराेधमा ल घेराउ गरेकाे उत्रिएका एमालेले आरोप निराकरण नभएसम्म संसद बैठक चल्न नदिने अडान राखेकाे छ ।
ओलीकै प्रधानमन्त्रीकालमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी सर्वसाधारणसँग करोडौं रुपैयाँ उठाएर राज्यविरुद्ध अपराध गरेको भनिएको प्रकरण मुद्दामा एमालेका सांसद टोपबहादुर रायमाझी अहिले प्रहरी हिरासतमा छन् । उनीसहित ३० जनाविरुद्ध २८ करोड रुपैयाँभन्दा बढी बिगोदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।
प्रकरणमा ओलीमाथि पनि अनुसन्धान हुनुपर्ने माग सांसदहरूले संसद बैठकमै उठाइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार