टेकनाथ रिजाललाई अदालत परिसरमै ‘देश बेचुवा’ भन्दै सर्वसाधारणले पाेखे आक्रोश
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार १५:४:४५
जेठ १२ , काठमाडौं । भुटानी शरणार्थी टेकनाथ रिजाललाई बाटोमै सर्वसाधारणले देश बेचुवाको आरोप लगाउँदै आक्रोश पोखेका छन् । तत्कालीन एमाले नेतृत्वको सरकारका पालामा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भनी नेपालीबाट करोडौं रूपैयाँ ठगी गरी राज्यविरुद्धकाे अपराधमा संलग्नता रहेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राख्दै आएको छ ।
रिजालसहित पूर्वगृहमन्त्री, पूर्वमन्त्रीलगायत ३० जनाविरुद्ध राज्य विरुद्धको अपराधसहित ४ वटा कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । १६ जना मात्र पक्राउ परेका छन् । सोही मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज बयान दिन पुगेका रिजाललाई बेला सर्वसाधारणले ‘देश बुचुवा’ भनेर आक्रोश पोखेका छन् । सो कुरा सुनेपछि हत्कडीरहित रिजालले सुरक्षाकर्मी बीचबाटै सर्वसाधारणमाथि जाइलाग्ने प्रयास गरेका छन् । उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर गाडी चढाएका थिए ।
विभिन्न कामले अदालत पुगेका सर्वसाधारणले रिजालप्रति औला तेर्स्याउँदै ‘भुटानबाट आएर हाम्रो देश बेच्न खोज्ने, हाम्रो देशको बेइज्जत गर्ने’ भन्दै आक्रोश पोखेका थिए ।
भुटान सरकारले नेपाली भाषीलाई देश निकाला गरेपछि नेपालका झापा र मोरङका विभिन्न स्थानमा राखिएका भुटानी शरणार्थीलाई भुटान फिर्ताको माग उठाउँदै लामो समयदेखि सक्रिय अभियन्ता तथा अधिकारकर्मीको चिनिन्छन् । तर उनै रिजाल नक्कली शरणार्थी जस्ता गम्भीर प्रकरणमा मुछिएका छन् । नक्कली शरणार्थी बनाउने गिरोहसँग मिलेर पैसा लिएको आरोप छ ।
झापा र मोरङमा सन् १९८६ देखि सवा लाखभन्दा बढी संख्यामा रहेका भुटानी शरणार्थीहरु मध्ये एक लाख १३ हजार जना अमेरिका, क्यानडा लगायत दशक पहिल्यै तेस्रो मुलुकमा पुनर्वासमा गइसकेका छन् । तेस्रो मुलुकमा पुनर्वासमा नगई भुटानमै फिर्ता हुने अडान रहेका रिजाललाई नेपाल सरकारले मासिक एक लाख खर्च र सचिवालयको सुविधा दिँदै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
प्रकाशमानसिंह राउत सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्त
असोज २०, २०८१ आइतबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
असोज २१, २०८१ सोमबार
नोबेल जित्नु ‘भूकम्प’ जस्तै– रुभ्कन
असोज २१, २०८१ सोमबार
एनआरएनएद्वारा काभ्रेका बाढी तथा पहिरो प्रभावित ४०१ परिवारलाई राहत वितरण
असोज २२, २०८१ मंगलबार
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु
असोज २२, २०८१ मंगलबार
दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु
असोज २२, २०८१ मंगलबार
पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु
असोज २२, २०८१ मंगलबार
सुन तोलामा ४ सयले घट्यो
असोज २२, २०८१ मंगलबार