नक्कली शरणार्थी प्रकरणमा फरार सूचीमा रहेकी लक्ष्मी महर्जन पक्राउ
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार १५:१७:५६
१२ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ पक्राउ गरिएका उनलाई आजै अदालतमा उपस्थित गराइएको छ ।
फरार रहेपनि ललितपुरकी ३२ वर्षीया महर्जनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा विचराधीन छ । मुद्दा चलाइएका ३० जनामध्ये महर्जनसहित १४ जना फरार सूचीमा थिए ।
महर्जनविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध अपराध र संगठित अपराध कसुरमा अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार नै मुद्दा दर्ता गरिसकेको छ ।
गजेन्द्र बुढाथोकी लगायत पीडितहरुको जाहेरीका आधारमा अनुसन्धान सकेर प्रहरीले बुझाएकाे रायका आधारमा कार्यालयले मुद्दा दर्ता गरेकाे हाे । अभियुक्तहरूकाे शुक्रबारबाट इजलासमा बयान सुरू भएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार