जलहरी विवादमा माओवादी केन्द्र र एमाले आ-आफ्नै अडानमा, बैठक अझै अनिश्चित

नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार १६:०:३८

१२ जेठ, काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूबीच चलेको पशुपतिनाथको जलहरीको गुणस्तर विवादमा दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहट्ने संकेत दिएका छन् ।
विवादपछि एमालेले बैठक अवरुद्ध पारेको छ । यही जेठ १० गते सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सरकार ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै धारणा राख्ने क्रममा तत्कालीन एमाले नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको राखी भ्रष्टाचार गरेको बताएका थिए ।
सोही अभिव्यक्तिलाई लिएर एमालेले आजको बैठकमा आपत्ति जनाउँदै दाहालको भनाइ गलत रहेको भन्दै माफी माग्नुपर्ने अडान राखेको छ । बैठक स्थगित गरेर दुई दलबीच बैठक राखेर सभामुख देवराज घिमिरेले निकास निकाल्ने प्रयास गरेपनि सफल हुन सकेको छैन ।
स्रोतका अनुसार अन्य दलहरूले पनि दुई दलबीच सहमति जुटाउने प्रयास गरिरहेका छन् । छलफलमा एमालेले दाहालले माफी माग्नुपर्ने अडान राखेको छ भने माओवादी केन्द्रले प्रश्न उठेर विवादमा तानिएका जलहरीमाथि छानबिन गर्नुपर्ने अडान लिएको छ ।
सांसद दाहालले आफूले जलहरीबारे गलत नबोलेको र संसदको मर्यादा उल्लंघन नगरेको बताएका छन् । जलहरीमाथि विवाद उठेका कारण छानबिन समिति गठन गर्नुपर्ने उनको भनाइ छ ।
सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्न र दिएका सुझावमाथि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने आजको बैठकको कार्यसूची रहेको छ । बैठक सुचारु हुन नसक्दा कार्यसूची प्रभावित हुन पुगेको छ ।
अर्कोतिर जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक वाध्यता सरकारसँग छ । नीति तथा कार्यक्रम संसदबाट पारित हुन नसके सरकारको काम कारवाही नै प्रभावित हुने संभावना छ । एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई ‘उद्देश्यहीन’ र ‘कागजको खोस्टो’ भन्दै पारित हुन नदिने चेतावनी दिँदै आइरहेको एमालेले बैठक अवरुद्ध गर्न सुरु गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री
जेठ २२, २०८० सोमबार
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
जेठ २२, २०८० सोमबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार
बयान सकिएपछि पुर्पक्षका लागि आजबाट थुनछेक बहस
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
जेठ २१, २०८० आइतबार
गौर हत्याकाण्ड: प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा दर्ता भयो रिट
जेठ २१, २०८० आइतबार
एमालेसहित विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित
जेठ २१, २०८० आइतबार
महाभारतका शकुनी मामा गुफीकाे निधन
जेठ २२, २०८० सोमबार
भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री
जेठ २२, २०८० सोमबार
गुणस्तर तथा नापतौल कार्यालयका नासु यादवको चार करोड अतिरिक्त सम्पत्ति
जेठ २२, २०८० सोमबार
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
जेठ २२, २०८० सोमबार
प्रहरी प्रधान कार्यालयलद्वारा डीएसपीमा बढुवाका लागि ४६ जनाको नाम सिफारिस
जेठ २२, २०८० सोमबार