जलहरी र कोभिड खोपमा भ्रष्टाचार पुष्टि हुने संभावना नै छैन : अध्यक्ष ओली
’नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै मिडिया एमालेविरुद्ध खनिए’

नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार १६:४१:२१

१२ जेठ, काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वको पालामा भएको कुनैपनि काममा भ्रष्टाचार नभएको दाबी गरेका छन् । पार्टीबाट स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई काठमाडौंमा शुक्रबार प्रशिक्षण दिँदै यस्तो बताएका हुन् ।
अहिले सरकारमा बस्ने सबै दलमिलेर एमालेविरुद्ध नक्कली शरणार्थी प्रकरण, भ्रष्टाचार जस्ता विषयसँग जोडेर हिलो छ्याप्ने काम भइरहेको उनको आरोप छ । उनले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रकै सांसदले एमालेको पालामा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने काम गरेर भ्रष्टाचार गरेको भन्दै आधारहीन आरोपमा उत्रिएको बताए । जलहरीमा भ्रष्टाचारको कुनै संभावना नरहेको दाबी उनले गरे ।
सोही कारण एमालेले शुक्रबारको संसद बैठक अवरुद्ध गरेको उनले बताए । उनले सुनियोजित रुपमा सत्ता पक्षले एमालेमाथि भ्रष्टाचार र विभिन्न काण्डसँग जोडेर निराधार आरोपको बाढी चलाएको बताए । उनले आफ्नो प्रधानमन्त्री कार्यकालमा सुनको जलहरी बनाउन रकम दिएको, तर बनाउने जिम्मा पाएका निकायले केको बनायो भन्ने कुरा आफूलाई थाहा नहुने बताए ।
‘मेरो प्रधानमन्त्रीकालमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी बनाउन मैले त रकम दिएको हो, बनाउने काम मेरो होइन’ उनले भने, ‘बनाउने के कसरी बनाए भन्ने विषय हेर्ने त त्यहाँ समिति होला, सेना–पुलिस नै छन् त्यहाँ । यस्तो विषयमा केपी ओलीले सुनको जलहरी बनेर पित्तलको राखे भनेर गरिमामय संसदबाट वकबास कुरा गर्छन् ।’
यस्तै, उनले आफ्नो कार्यकालमा विभिन्न देशबाट कोभिढ खोप खरिद गरेको स्वीकार्दै खरिदमा भ्रष्टाचार नभएको दाबी गरे । ‘अझै एमालेलाई सिध्याउन सकिन्छ भनेर कोभिड खोप खरिदलाई ओम्नी काण्ड बनाएर बद्नाम गर्न खोजिरहेका छन्’ ओलीले भने, ‘ओम्नीमार्फत कोरोनाविरुद्धको खोप खरिद गर्दा केपी ओलीले २ अर्ब खायो भन्दै हिँडिरहेका छन् । सुन्दा पनि अचम्म लाग्छ ।
यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई जोडेर चौतर्फी प्रहारको कोशिस जारी भइरहेको बताए । नक्कली शरणार्थी प्रकरणमा सरकारले नै अभियुक्तहरुलाई पक्राउ गर्ने, छाड्ने फेरि पक्राउ गर्ने काम गरिरहेको आरोप लगाए । ‘नक्कली भुटानी शरणार्थी बनाउन खोजिएको विषयमा गत वर्ष जेठ १९ मा नै जाहेरी परेका रहेछन्, मान्छे पनि पक्राउ परेका रहेछन्, तर सुटुक्क किन छाडियो रु’ उनले भने, ‘पछि फेरि निवेदन ९जाहेरी०को बाढी आउन थालेपछि थाम्न नसकेर धन्दा चलाउनेहरु धमाधम पक्राउ गर्न थालियो । त्यसमापछि एमालेलाई जोडेर हैरानी दिने प्रयास भइरहेको छ । प्रकरणमा संलग्नले मैले ९ करोड बुझाएँ भन्ने मान्छेलाई सूचनादताको सूचीमा राखिएको छ । यसमा एमाले आत्तिदैन ।’ उनले संसद बैठक अवरूद्ध हुनै पर्ने अवस्था रहेकाे बताए ।
यस्तै, उनले नक्कली शरणार्थी प्रकरणमा सामाजिक संजाल र मिडिया एमालेविरुद्ध खनिने काम भएको आरोप लगाए । खनिने क्रम अहिले पनि जारी रहेको भन्दै सचेत रहन उनले जनप्रतिनिधिसँग सचेत गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली भूमिबारे बंगलादेश मोडलमा भन्ने मेरो भनाई होइनः प्रधानमन्त्री
जेठ २२, २०८० सोमबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार
बयान सकिएपछि पुर्पक्षका लागि आजबाट थुनछेक बहस
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार
गौर हत्याकाण्ड: प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा दर्ता भयो रिट
जेठ २१, २०८० आइतबार
एमालेसहित विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित
जेठ २१, २०८० आइतबार
गर्मी मौसममा खाने उपयोगी ६ तरकारी यस्ता छन्
जेठ २१, २०८० आइतबार
ललितपुरको जावलाखेलमा निकालिएको हात्तीसहितको र्याली
जेठ २२, २०८० सोमबार
आन्तरिक पर्यटकका लागि गाईघाट झरना आकर्षणको केन्द्र बन्दै
जेठ २२, २०८० सोमबार
नेपाली भूमिबारे बंगलादेश मोडलमा भन्ने मेरो भनाई होइनः प्रधानमन्त्री
जेठ २२, २०८० सोमबार
यस वर्ष चलचित्रको निर्माण सङ्ख्या घट्ने
जेठ २२, २०८० सोमबार
त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते
जेठ २२, २०८० सोमबार