नक्कली शरणार्थी प्रकरणमा बहस गर्न हच्किए वरिष्ठ कानून व्यवसायीहरु
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार १८:४०:५२
१२ जेठ, काठमाडौं । केही वरिष्ठ वकिल एवं कानुन व्यवसायीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणकाे बहसमा भाग नलिने भएका छन् । वरिष्ठ अभिवक्ता शम्भु थापा, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, चण्डेश्वर श्रेष्ठ लगायतले प्रकरणमा वादी र प्रतिवादी कुनैपनि पक्षबाट बहसमा भाग नलिने भएका हुन् ।
याे प्रकरण मुलुकका लागि अन्तर्राष्ट्रिय जगतमा लज्जाको विषय बनेको उनीहरूको तर्क छ । व्यस्तताको कारण देखाएर उनीहरू कसैले पनि बहसमा भाग नलिने योजना बनाएका छन् । एक कानुन व्यवसायीका अनुसार प्रकरणमा प्रतिवादीहरुको पक्षबाट बहस गर्न धेरै वरिष्ठ कानुन व्यवसायीहरू नजाने निर्णय लिएका छन् । थापाले यसअघि भ्रष्टाचार मुद्दामा उच्च ओहदामा पुगेका आरोपी, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा ‘गुण्डा नाइके’हरुको तर्फबाट पैरवी गरेका उदाहरण पाइन्छन् । तर यो पटक भने थापा हच्किएका हुन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थीको सरकारी परिचयपत्र भिडाएर अमेरिका उडाउने षडयन्त्रमुताविक सयौं नेपालीसँग करोडौं रकम असुल संगठित अपराध गरेको आरोपमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले सांसद टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सरकारका सचिव टेकनारायण पाण्डे सहित १७ जना हिरासतमा छन् ।
उनीहरुसहित ३० जना विरुद्ध अनुसन्धान सकेर प्रहरीले दिएको प्रतिवेदन रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार मात्र चार वटा कसुरमा मुद्दा दर्ता गराएको छ । आजबाट जिल्ला न्यायाधीश समक्ष इजलासमा अभियुक्तहरूको बयान सुरु भएको छ । बयान सकेपछि सरकारी पक्ष र प्रतिवादी पक्षका वकिलहरूले थुनछेक बहस गर्नेछन् । बहस सकिन कम्तीमा १५ दिन लाग्ने अनुमान गरिएको छ ।
सरकारी पक्षबाट भने अधिवक्ता स्वागत नेपाल लगायतले बहस गर्ने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालतले भन्यो, पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
बक्यौता छुट दिने मन्त्रिपरिषदको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने
मंसिर २, २०८१ आइतबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार