बिराटनगरमा आज देखी अनिश्चितकालिन निषेधाज्ञा जारी
नेपालबहस संवाददाता
जेठ १३, २०८० शनिबार ९:५१:१५
१३ जेठ, बिराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आज देखी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भाबित आन्दोलनलाई ध्यान दिँदै निषेधाज्ञा जारी गरिएको हो । जसअनुसार शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्यक्रममा रोक लगाईएको छ ।
‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०८०– २– १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ '३ क' बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ’ जारी सुचनामा भनिएको छ ।
जसअनुसार पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार
असोज २०, २०८१ आइतबार
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
असोज १८, २०८१ शुक्रबार
कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन
असोज ६, २०८१ आइतबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
असोज २१, २०८१ सोमबार
नोबेल जित्नु ‘भूकम्प’ जस्तै– रुभ्कन
असोज २१, २०८१ सोमबार
एनआरएनएद्वारा काभ्रेका बाढी तथा पहिरो प्रभावित ४०१ परिवारलाई राहत वितरण
असोज २२, २०८१ मंगलबार
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु
असोज २२, २०८१ मंगलबार
दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु
असोज २२, २०८१ मंगलबार
पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु
असोज २२, २०८१ मंगलबार
सुन तोलामा ४ सयले घट्यो
असोज २२, २०८१ मंगलबार