सलमान खानको सुरक्षाकर्मीबाट बिक्की कौशल माथि 'असहज' व्यवहार
नेपालबहस संवाददाता
जेठ १३, २०८० शनिबार १२:३२:५७
१३ जेठ, मुम्बई । आइफा अवार्ड २०२३ सुरु हुन लागेको छ । यस अवार्ड शोमा सहभागी हुन बलिउड स्टारहरू अबुधाबी जान थालेका छन् । यसै बीच अभिनेता विक्की कौशलले नराम्रो अनुभवको सामना गर्नुपरेको छ ।
यो नराम्रो अनुभव अरू कसैको कारणले नभई बलिउडका भाइजान अर्थात सलमान खानको सुरक्षाका कारण भोग्नुपरेको छ ।
वास्तवमा आइफा अवार्ड्स नाइटसँग सम्बन्धित एउटा भिडियो सोसल मिडियामा आएको छ । जसमा सलमान खानको सेक्युरिटीले विक्की कौशललाई साइडलाइन गरेको देखिन्छ ।
केही समययता सलमान खानलाई पटकपटक ज्यान मार्ने धम्की आएको छ । यस्तो अवस्थामा उनीहरुको सुरक्षा निकै बढाइएको छ । जो हर समय भाइजानको साथमा रहन्छ। भाइरल भिडियोमा विक्की कौशल आफ्ना फ्यानसँग सेल्फी खिचिरहेका छन् । त्यतिबेला सलमान खान आफ्नो पूर्ण सुरक्षाका साथ भित्रिन्छन् ।
विक्की कौशलले सुरक्षामा घेरिएका भाइजानसँग कुरा गर्ने र हात मिलाउने प्रयास गर्छन् । तर, सलमानको सुरक्षा गार्डले कट्रिना कैफका पतिलाई बेवास्ता गर्छन।
अहिले सामाजिक सञ्जालमा विक्की कौशल र सलमान खानका फ्यानहरूले यो भिडियोमा कमेन्ट गर्दै आफ्नो प्रतिक्रिया दिइरहेका छन् । विक्की कौशल सलमान खानको सबैभन्दा मिल्ने साथी कट्रिना कैफका पति हुन् ।
सलमान खान र कट्रिना कैफ फिल्म टाइगर ३ मा फेरि एकसाथ देखिने भएका छन् । यो चलचित्रको छायांकन अहिले धमाधम भैरहेको छ । अर्कोतर्फ, विक्की कौशल चाँडै नै अभिनेत्री सारा अली खानसँग फिल्म जरा हटके जरा बचकेमा देखिदै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार