श्रम विभाग कमजोर बन्दा मन्त्रालयमा भार बढ्याेः श्रममन्त्री भण्डारी
नेपालबहस संवाददाता
जेठ १३, २०८० शनिबार १३:१९:५७
१३ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम विभाग कमजोर बन्दा त्यसको भार मन्त्रालयमा परेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित श्रम, रोजगार पत्रकारिता पुरस्कार, २०७९ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले वैदेशिक श्रमसम्बन्धी सबै काम पहिला श्रम विभागले गर्ने भए पनि अहिले विभाग कमजोर हुँदा मन्त्रालयमा भार परेको बताए ।
मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई परिमार्जन गर्न आवश्यक रहेको भन्दै मन्त्रालयले अहिले सोही विषयमा छलफल गरिरहेको र १० दिनभित्रमा ऐन परिमार्जनको ड्राफ्ट बनाउने जानकारी दिए । उनले आफैंले बोल्ने वाक्यहरूले आफैंलाई पिरोल्ने गरेको बताए । उनले श्रमको क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन आवश्यक रहेको बताए ।
मन्त्री भण्डारीले मुलुकभित्र श्रमका अवसर सिर्जना गर्ने देखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरामा नेपालले जोड दिइरहेको बताए । मन्त्री भण्डारीले श्रमको क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउन सके सबै श्रमिकका लागि राम्रो अवसर हुने बताए । उनले श्रमको ग्लोबलाइजेसनको फाइदा लिन सके देशलाई नयाँ सिराबाट अघि बढाउन सहयोग पुग्ने बताए ।
‘मुलुकभित्रको श्रम र श्रमिकको अवस्था के छ ? भन्ने कुरा श्रम विभाग छ, पहिला श्रम विभाग नै थियो । श्रम विभाग अहिले कता छ भनेर मैले त भन्नु हुने कि नहुने थाहा छैन । तर कमजोर अवस्थामा छ । त्यसैले मैले यसको नाम नै वैदेशिक मन्त्रालय राखिदिऔँ कि क्या हो भनेका ठूलो अक्षरमा ल मन्त्रीले त वैदेशिक रोजगार मन्त्रालय बनाउन खोज्यो भनियो । बोल्दा धेरै अप्ठ्यारो हुने गर्दोरहेछ । हामीले अहिले चर्को कुरा गरेर केही पनि फाइदा छैन । अहिलेको ग्लोबलाइजेसनको फाइदा हामीले लिनुपर्छ । यसलाई अवसरका रूपमा लिने हो भने देशलाई नयाँ सिराबाट अघि बढाउन सकिन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
असोज २१, २०८१ सोमबार
जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सदस्यमा निर्वाचित
असोज २१, २०८१ सोमबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
असोज २१, २०८१ सोमबार
नोबेल जित्नु ‘भूकम्प’ जस्तै– रुभ्कन
असोज २१, २०८१ सोमबार
पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु
असोज २२, २०८१ मंगलबार
सुन तोलामा ४ सयले घट्यो
असोज २२, २०८१ मंगलबार
फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ को पहिलो पोस्टर सार्वजनिक
असोज २२, २०८१ मंगलबार
भारतद्वारा बाढी पहिरोले प्रभावितका लागि आपत्कालीन राहत सामग्री हस्तान्तरण
असोज २२, २०८१ मंगलबार
बलिउड अभिनेता हाशमी सुटिङका क्रममा गम्भिर घाइते
असोज २२, २०८१ मंगलबार