लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, कांग्रेसको स्वच्छ आलोचना गर्नूसः सभापति देउवा
नेपालबहस संवाददाता
जेठ १३, २०८० शनिबार १४:७:४३
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन् । उनले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था हुन नसक्ने भन्दै लोकतन्त्रको रक्षाका लागि सबै एक भएर लाग्नु पर्ने बताएका छन् । शनिबार नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै देउवाले लोकतन्त्रको स्वच्छ आलोचना हुन नसकेको बताए ।
उनले लोकतन्त्र र प्रेस जगत एक अर्काको पर्याय भएको बताउँदै प्रेस जगतले पनि आफ्नो धर्म निर्वाह गर्न नसको दावी गरे । लोकतन्त्र विना स्वतन्त्र प्रेसको परिकल्पना गर्न नसकिने भएपनि प्रेस जगतले लोकतन्त्रको सही समीक्षा र आलोचना गर्न नसकेको उनको भनाइ छ । सभापति देउवाले सत्यभन्दा असत्य समाचारले बढी प्राथमिकता पाउन थालेकाले प्रेस युनियन जस्ता संस्थाहरूले यसमा अनुगमन गर्न आवश्यक भएको बताए ।
देउवाले पछिल्लो समय कांग्रेसको बढी आलोचना भइरहेको भन्दै आलोचना स्वाभाविक भएपनि स्वच्छ नभएको बताए । उनले भने,‘स्वच्छ आलोचना कांग्रेस चाहना हो । तर, अस्वच्छ र असत्य आलोचनाहरु भइरहेका छन् । असत्य आलोचनाले समाजलाई भ्रमित तुल्याउँछ । कांग्रेसलाई मात्र हैन, सबै पार्टी, व्यवस्था र समाजलाई पनि दिग्भ्रमित बनाउँछ ।’
सभापति देउवाले पार्टीको आलोचना गर्न सकिने र यो भन्दा अझै आलोचना गर्न आग्रह गरे । देउवाले भने, ’आलोचना गर्नुस् । कांग्रेसलाई आलोचना चाहिन्छ । तर स्वस्थ आलोचना गर्नुस् । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।’ उनले पार्टी सञ्चालनका बारे भने केही बताएनन् । नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि पार्टी र सभापति देउवाले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न माग भइरहेका बेला यस विषयमा पनि उनी मौन रहे ।
उनले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताए । प्रजातन्त्रलाई बलियो बनाउन सबै लाग्नुपर्ने उनको भनाइ छ । प्रजातन्त्रको खिलापमा केही शक्ति लागेको भन्दै देउवाले यसप्रति सबै सजग हुनुपर्ने बताए । लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्ने क्षमता कांग्रेसले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले लोकतन्त्र र प्रेस एक सिक्काका दुई पाटा भएको बताए । उनले प्रेस र पार्टीका तर्फबाट आफुले पुलको काम गर्ने बताए । प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको अस्तित्व रहँदैन, लोकतन्त्र रक्षाका लागि कांग्रेस लाग्नुपर्छ भन्दै पत्रकार महासंघको निर्वाचन र नेपाल प्रेस युनियनको निर्वाचनमा पार्टीका नेताको आड लाग्ने प्रवृत्तिको अन्त्य गर्नु जरुरी रहेको पनि उनले बताए । प्रेस युनियनमा व्यावसायिक क्षेत्रलाई प्राथमिकता दिन उनले सुझाव दिए ।
कार्यक्रममा युनियनका अध्यक्ष शिव लम्सालले सञ्चार ऐनबारे प्रश्न उठाउँदै प्रेस स्वतन्त्रता हनन् हुने गरि बनिरहेको ऐन प्रति कांग्रेसले पनि ध्यान दिनुपर्ने बताए । उनले संगठनलाई सक्षम बनाउने र व्यवसायिक पत्रकारिताका लागि युद्ध स्तरमा काम गर्ने बताए । नेपाल प्रेस युनियले ३२ औं स्थापना दिवसको अवसर पारेर देश भरी पत्रकारलाई प्रशिक्षण कार्यक्रम शुभारम्भ पनि गरेको छ । संगठनलाई बलियो बनाउन जिल्ला अधिवेशन सकिएपछि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमाजमा देखिएको अराजकता चिर्न जागरण सभा गर्दैछौं : महासचिव पोखरेल
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेस सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्रीले दिए संसदीय दल र अनुशासन समितिमा उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार
बाकुमा आयोजित जलवायुसम्बन्धी सम्मेलनमा सहभागी भएर नेपाल फर्किए राष्ट्रपति पौडेल
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
झापाका अस्पतालमा रगत अभाव
कात्तिक ३०, २०८१ शुक्रबार
समाजमा देखिएको अराजकता चिर्न जागरण सभा गर्दैछौं : महासचिव पोखरेल
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अनुमति नलिइ वन्यजन्तु पाल्ने दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार