निषेधाज्ञाबीच कोशी प्रदेशमा आजबाट बजेट अधिवेशन सुरू हुँदै
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार ८:३९:५०
१४ जेठ, मोरङ । कोशी प्रदेशमा आजबाट बजेट अधिवेशन सुरू हुँदैछ । आज दिउँसो २ बजेदेखि बस्ने प्रदेश सभाको कार्यसूची प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको छ । हिंसा भड्किने डरले निषेधाज्ञा लगाइएको छ ।
प्रदेश सभाको बैठक बस्ने भएपछि प्रदेश सभाबाट कोशी प्रदेश नामकरण गरेको विरोधमा प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेश सभा घेराउ गर्ने घोषणा गरेको छ । संघर्ष समितिको घोषणाले प्रदेशसभा वरिपरि सुरक्षा व्यवस्था कडा पार्नुका साथै स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।
प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको बजेट अधिवेशन आव्हानको पत्र सभामुख बाबुराम गौतमले प्रदेश सभामा पढेर सुनाउने, शून्य समयमा प्रदेश सभा सदस्यहरूले बोल्ने कार्यसूचीमा उल्लेख छ ।
प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक २०७९ पारित गर्ने, प्रदेश निजामति, स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेश र प्रदेश सभा नियमावलीको मस्यौदा प्रदेश सभामा पेश गर्ने र अन्तिममा संसदीय दलका नेताले बोल्ने कार्यसूची रहेको छ ।
प्रदेशको नाम पहिचानको आधारमा पुनः हुनुपर्ने माग गर्दै आन्दोलनरत पहिचानवादीको संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पहिचानवादीको आन्दोलनका कारण सम्भावित प्रदर्शन र झडपलाई मध्यनजर गरी प्रशासनले विराटनगरका विभिन्न ठाउँमा निषेधाज्ञा लगाएको छ ।
प्रदेश राजधानी विराटनगरमा निषेधाज्ञा लगाएसँगै सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ । कोशी प्रदेश सभा आसपासको क्षेत्रमा शनिबार अपरान्हदेखि नै सुरक्षाकर्मीले सडकमा बेरियर राखेर आउजाउ गर्न रोक लगाएको छ ।
गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोसी नामकरण गरेपछि पहिचानवादी आन्दोलनमा छन् । प्रदेश नं १ पुनः नामकरण संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले आफूहरूको आन्दोलन जारी रहेको बताएका छन । उनले भने, “राज्यले दमनको नीति लिएपनि हामी संघर्ष छाड्दैनौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार