कोशीमा पहिचानवादी आन्दोलनका अगुवा समेत गिरफ्तार
पक्राउ पर्नेको सङ्ख्या ३० पुग्यो
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार ११:२३:५६
१४ जेठ, मोरङ । कोशी खारेज गरी पहिचानको आधारमा नामाकरण हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानवादीहरुमाथि प्रहरीले सोमबार धरपकड चलाएको छ । प्रहरीले पहिचनवादी आन्दोलनका अगुवाहरुसमेत गिरफ्तार गरेको ।
पहिचानको आधार नामाकरणको माग गर्दै आन्दोलनका सशक्त भूमिका निभाउँदै आइरहेको किरात राई समूदायका किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हताजु राई गिरफ्तार भएका छन् । प्रहरीले उनलाई विराटनगरको देवकोटा चौकमा रहेको एक होटेलमा चिया खाएर बाहिर निस्किने क्रममा गिरफ्तार गरेको हो । राईसहित सोमबार पक्राउ पर्नेहरुको संख्या ३० पुगेको छ ।
गएको पुष १७ गते कोशी प्रदेशसभाको बहुमत सदस्यहरुको मतदानबाट प्रदेशको नाम कोशी राखेपछि यहाँका राई, लिम्बू, किरातलगायत विभिन्न समूदायले पहिचानको आधारमा नाम राख्नुपर्ने माग सारेर आन्दोलन गर्दै आइरहेका छन् । आन्दोलनका क्रममा गएको फागुनमा आन्दोलनकारी पदमबहादुर लिम्बुको ज्यान गएको छ । उनलाई सरकारले शहीद घोषणा गरिसकेको छ ।
प्रदेशसभाको बेजट बैठक सोमबार बस्दैछ । सोही अवसरमा उनीहरु विरोधमा उत्रिएका हुन् । बैठक आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ । आन्दोलनकारीले आन्दोलनलाई चोक, बजारमा जारी राखेका छन् ।
अहिले विराटनगर क्षेत्रमा सुरक्षा व्यवसथा कडा पारिएको छ । प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडि र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार