पितलको जलहरीबारे तीन नेताको निर्णय विवेकहीन, संसदको रेकर्डबाट हटाउनु विडम्बनाः डा.शेखर
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार ११:२५:५०
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पशुपतिनाथको जलहरीमा राखिएको सुनमाथि भ्रष्टाचार भयो भन्ने विषयमा तीन दलका शीर्ष तीन नेताबीच भएको सहमति गलत भएको बताएका छन् । उनले पशुपतिनाथ जस्तो धार्मिक आस्थाको प्रतिविम्बमाथि अनियमितता भएको कुरा संसदको रेकर्डबाट हटाए पनि जनताको मनबाट हटाउन नसकिने बताएका छन् ।
कोइरालाले सांसदले संसदमा उठाएको शंकास्पद अनियमितताको विषय शीर्ष नेताको सहमतिमा रेकर्डबाट हटाउनु विडम्बनापूर्ण भएको बताएका हुन् । यसो गर्दैमा अनियमितता कति दिन ढाक्न सकिएला र भन्ने उनको प्रश्न छ । तीन नेताले यस्तो सहमति गर्नु झन ठूलो दुर्भाग्य भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएपछि एमालेले जेठ १२ गतेको संसद बैठक अवरुद्ध पारेको थियो ।
शनिबार शीर्ष नेताहरूबीच दाहालको सो अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएपछि संसद सचिवालयले रेकर्डबाट हटाएको छ । यसबारे नेता कोइरालाले प्रश्न उठाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कस्तो विडम्बना ! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनियमितता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरूप कार्य गर्ने ।’
कोइरालाले सांसदको गरिमामा पनि प्रश्न उठाएका छन् । ‘हामी हाम्रो सांसदको गरिमालाई कता लैजादै छौं । के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो ?’ उनले लेखेका छन्, ‘संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छन् भन्ने कुरा बुझौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार