रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय, राष्ट्रपतिसमक्ष सिफारिस
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार ११:३५:१३
१४ जेठ, काठमाडौं । सरकारले कैलालीको टीकापुर घटनामा सर्वोच्च अदालतबाट समेत दोषी ठहर भई जन्मकैदसहित कैद सजाय काटिरहेका कैलालीका रेशमलाल चौधरीलाई आममाफी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले आममाफीका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस पनि गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरिएको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् । यसअघि जेठ १२ गते राष्ट्रपति पौडेलले आममाफीसम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।
चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको थियो । सोही फाइल गृहले मन्त्रिपरिषद्मा पठाएकामा आज फेरि राष्ट्रपति समक्ष नै सिफारिस भएको हो ।
सरकारको निर्णयले चौधरीलाई झन्डै १४ वर्ष कैद सजाय माफी मिल्नेछ । उनलाई २०९४ फागुन १३ गतेसम्म जेल बस्नुपर्ने हुन्थ्यो । मुलुकी अपरासंहिता ऐन २०७४ अन्तर्गत फौजदारी कसुरमा हुने जन्मकैदमा २५ वर्ष कम नहुने गरी कैद गणना हुने व्यवस्था छ ।
२०७२ भदौ ७ मा भएको घटनाका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । सो घटनामा चौधरीसहित २३ जना जेलमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
असोज २१, २०८१ सोमबार
जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सदस्यमा निर्वाचित
असोज २१, २०८१ सोमबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
असोज २१, २०८१ सोमबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्री भए यी खेलाडी
असोज २१, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको सटही दर
असोज २२, २०८१ मंगलबार
आज जन्म लिने बच्चा वृश्चिक राशीको हुने
असोज २२, २०८१ मंगलबार
नवरात्रको छैटौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै
असोज २२, २०८१ मंगलबार
नोबेल जित्नु ‘भूकम्प’ जस्तै– रुभ्कन
असोज २१, २०८१ सोमबार