भारतलाई रिझाउन धमाधम सरकारी निर्णय, तल्लो अरुणकाे पीडीए भारतलाई दिइने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १२:१८:७
![](https://nepalbahas.prixacdn.net/media/albums/Investment_board_IJbJJ36LD6_m6oZh6RDmr.png)
१४ जेठ, काठमाडौं । प्रधानमन्त्रीको आउँदो बुधबारदेखि ४ दिनसम्म हुन गइरहेको भारत भ्रमणमा सरकारले भारतलाई रिझाउने किसिमका निर्णयह द्रूत गतिमा गराउने क्रम जारी छ । आजै मात्र एक महत्वपूर्ण जलवद्युत आयोजनामा भारतलाई परियोजना विकास सम्झौता (पीडीए) दिने निर्णय भएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय लगानी बोर्डको बैठकले तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय गरेको हो । अरुण तल्लो ६६९ मेगावाटको आयोजना हो । यसको लागत अनुमान ९२ अर्ब ६८ करोड रुपैयाँ गरिएको छ । लागत अनुमान बोर्ड बैठकले स्वीकृत गरेको छ ।
यसअघि भारतले पीडीए गरेर निर्माण जिम्मा पाएको अरुण तेस्रोमा राष्ट्रघाती सम्झौता भएको भन्दै विरोध जारी छ । त्यहाँ उत्पादन हुने कुल क्षमता भन्दा कम विद्युत उत्पादन देखाएर भारतले हस्तक्षेप गरेको भन्दै राजनीतिक तहबाट विरोध र अवरोध जारी छ । निर्माण कार्य जारी रहेको बताइएपनि यहाँ अवरोधका प्रकृति कायमै रहको आयोजनाले जनाउँदै आइरहेको छ । ठूला अवरोध हुन नदिन निर्माणस्थलमा सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ ।
यस्तै अवस्थाबीच अरुण तल्लो पनि भारतलाई दिने निर्णय गरिएको हो । अरुण तेस्रो, अरुण तल्लो सरकारको नेतृत्वमा नेपालका हितमा बनाउनुपर्ने माग स्थानीय तहबाटै हँदै आइरहेका छन् ।
यस्तै, माथिल्लो कर्णालीमा पनि क्षमताभन्खदा ३ गुणा कम विद्युत उत्पादन देखाउने मिल्ने छुटसहित सरकारले भारतीय कम्पनी जीएमआरसँग सम्झौता गरेको भन्दै त्यहाँ निर्माणका कार्यमा स्थानीयहरुले अवरोध पुर्याउँदै आइरहेका छन् ।
त्यहाँ जर्मनी कम्पनीले ४१ सय मेगावाट बिजुली उत्पादन हुने अवस्थाका आयोजनालाई ९०० मेगावाट उत्पादन हुन सक्ने भनेर दाबी गर्ने भारती कम्पनीलाई निर्माणको जिम्मा दिइएपछि विरोध भएको हो ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो योपटकको भारण भ्रमणमा ‘एैतिहासिक सम्झौता’ हुने बताउँदै आइरहेका छन् । यसलाई धेरैले राष्ट्र हितविपरीत सम्झौता हुने बताइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
असार १२, २०८१ बुधबार
कांग्रेसका सांसदलाई विज्ञ राखेर लगानी सहजीकरण विधेयकमा अभिमुखीकरण
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार