संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १२:३६:१७
१४ जेठ, काठमाडौं । ‘सङ्घीय संसद्को संयुक्त समिति 'कार्यसञ्चालन' नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सुरु भएको छ । आज बसेको संघीय संसदको संयुक्त बैठकमा नियमावलीको उक्त मस्यौदामाथि छलफल सुरु भएको हो ।
नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले आजको संयुक्त बैठकमा मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सदनमा गरियोस् भनि प्रस्ताव पेस गर्नुभएको छ । उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएसँगै नियमावलीको मस्यौदा माथिको छलफल सुरु भएको हो ।
सङ्घीय संसद्को संयुक्त समिति 'कार्यसञ्चालन' नियमावली मस्यौदा तयार पार्न समिति गठन गर्न प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल प्रस्तावक तथा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराई समर्थक रहेको मस्यौदा समिति गठन प्रस्ताव प्रतिनिधिसभाबाट जेठ १ गते पारित भएको थियो ।
नियमावली मस्यौदा तयार पार्ने प्रयोजनका लागि प्रतिनिधि सभाबाट १६ जना सदस्य रहनुभएको थियो । त्यस्तै, जेठ ५ गतेको राष्ट्रियसभाको बैठकले तीन जना सदस्य थपेर समितिलाई पूर्णता दिइएको थियो । सङ्घीय संसद्को संयुक्त समिति 'कार्यसञ्चालन' नियमावली २०७५ लाई समयानुकूल परिमार्जन गरी मस्यौदा तयार पार्न मस्यौदा समितिलाई काम शुरु गरेको मितिले सात दिनको समय तोकिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
असोज २१, २०८१ सोमबार
जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सदस्यमा निर्वाचित
असोज २१, २०८१ सोमबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
असोज २१, २०८१ सोमबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्री भए यी खेलाडी
असोज २१, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको सटही दर
असोज २२, २०८१ मंगलबार
आज जन्म लिने बच्चा वृश्चिक राशीको हुने
असोज २२, २०८१ मंगलबार
नवरात्रको छैटौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै
असोज २२, २०८१ मंगलबार
नोबेल जित्नु ‘भूकम्प’ जस्तै– रुभ्कन
असोज २१, २०८१ सोमबार