संसारीमाई महापूजाले बढ्दो रौनक
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १२:४८:३६
१४ जेठ, महोत्तरी । सुख, समृद्धिकी प्रतीक, विघ्नहारिणी र पापनासक मानिने देवी संसारीमाईको प्रत्येक पाँच वर्षमा हुने महापूजा तयारीले जलेश्वरको चहलपहल बढाएको छ । यही जेठ २६ गते असार कृष्ण षष्ठी तिथिमा हुने महापूजाको तयारी सुरु भइसकेको छ ।
परापूर्वकालमा विदेहराज जनकको राज्यकालदेखि नै संसारीमाईलाई सहकालकी देवीका रूपमा मानिदै आइएको जलेश्वर नगरवासी बताउँछन् । देवाधिदेव श्री जलेश्वरनाथ महादेवस्थान नजिक स्थापित संसारीमाई देवी दुर्गाकी अवतार र प्रसिद्ध शक्तिपीठका रूपमा वर्णित र पूजित रहेकी जिल्ला समन्वय समिति महोत्तरीका पूर्वप्रमुख जलेश्वर–८ का बासिन्दा सुरेशप्रसाद सिंह बताउछन् ।
यसपालिको संसारीमाई महापूजा साताव्यापी आयोजना हुँदैछ । यस क्रममा यही आउने शुक्रबार 'जेठ १९ गते'देखि विधिवत महापूजा थालिने श्री संसारीमाई महापूजा व्यवस्थापन समिति २०८० का अध्यक्ष अशोककुमार साहले जानकारी दिए।
शुक्रबारका दिन महापूजा सङ्कल्प सम्पन्न गरिएसँगै ग्रामदेवताको आराधना, पाञ्चायन देवीदेवताको पूजनसँगै श्रीमद्भागवत् गीता र चण्डी पाठ सुरु गरिने साहको भनाइ छ । यसबीचमा जलेश्वर नगरपालिका र नगरभित्रका विभिन्न सामाजिक सङ्घसंस्थाको समन्वयमा दैनिक सरसफाइ, महापूजास्थलको व्यवस्थापन, श्रद्धालुको बसोबास व्यवस्थापन र नगरभित्र ठाउँ–ठाउँमा खानेपानी र शौचालय सुविधा बढाउने काम भइरहेको श्री संसारीमाई महापूजा व्यवस्थापन समितिले जनाएको छ । महापूजाको तयारीमा जलेश्वर नगरका प्रत्येक घरघरका सदस्य परिचालित देखिएका छन् ।
महापूजाको अवसरमा देवी संसारीमाईको दर्शन र पूजाआराधनामा सरिक हुन आउने श्रद्धालुबाहेक प्रसाद ग्रहणका लागि घरघरैबाट निम्त्याइने पाहुनाको जमघट निकै बढ्ने समितिका अध्यक्ष साह बताउछन् । “महापूजाको प्रसाद ग्रहणका लागि घरघरैबाट आफन्त डाकिन थालेका छन्, प्रत्येक घरमा १०÷२० जना पाहुना हुनु स्वभाविक नै हुनेछ”, अध्यक्ष साह भन्छन, “यसअघि २०७५ वैशाखमा भएको महापूजामै सात लाख श्रद्धालु आएका अनुमान गरिएको थियो, यसपालि यो सङ्ख्या झन् बढ्ने अनुमान छ ।”
महापूजाको तयारीमा नगरभरि धमाधम स्वागतद्वार, पण्डाल निर्माणदेखि रङ्गीविरङ्गी धजा गाडिँदैछन् । सीमापारि भारतका मधुवनी र सीतामढी जिल्लासँगको जलेश्वर नगरको सीमा छुट्टिने दशगजावारि भारतीय पाहुनालाई स्वागत गर्न तोरण टाँग्ने तयारी छ ।
विगतमा प्रत्येक १२ वर्ष र त्यसपछि प्रत्येक सात वर्षमा हुँदै आएको महापूजा पछिल्ला केही दशकयता पाँच वर्षको अन्तरालमा आयोजन गरिन थालिएको हो । समाजमा अनिष्टका घटना बढ्न थालेपछि त्यसको निवारणका लागि श्री संसारीमाईको महापूजा अघि सारिँदै अहिले पाँच वर्षमा आइपुगेको जलेश्वर–१ का सामाजिक कार्यकर्ता ७० वर्षीय सुधीर साह बताउछन् ।
श्री संसारीमाईको महापूजा विशेष नगरउत्सव रहँदै आएको जलेश्वर नगरप्रमुख सुरेश साहको भनाइ छ । “महापूजा नगरको विशिष्ट अवसर हो र खास पर्व पनि हो”, नगरप्रमुख साह भन्छन्, “हामी यसलाई भव्य, शालीन र भक्तिमय बनाउन लागिपरेका छौँ ।”
श्री संसारीमाईको साताव्यापी महापूजाको अन्तिम दिन विशेष तान्त्रिक विधिले माईको आह्वान गरेर पञ्चबलिबाट आराधना गरिन्छ । यस अवसरमा नगरका घरघरैजसोबाट पशुबलि 'बोका' दिइन्छ । पाँच वर्ष बीचमा 'एकअर्को महापूजाबीचको अवधि' मा घरमा सम्पन्न भएका विवाह, जन्म र अन्य शुभकार्यको भाग अलग्गै बलि दिइनुपर्ने सांस्कृतिक मान्यता रहँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबौद्ध तेमाल जात्राको तयारी पूरा
बैशाख ६, २०८१ बिहिबार
सोमेश्वर मन्दिरमा दुई लाख बढी भक्तजनले दर्शन गरे
बैशाख ६, २०८१ बिहिबार
नेपालगञ्जको बागेश्वरीमा प्रजापतिले १५औँ पटक जिब्रो छेडे
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
प्रतिपक्षी दल नआएपछि गण्डकीको विशेष अधिवेशन अर्को सूचना नभएसम्म स्थगित
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार