रेशम चौधरीलाई आममाफी दिने निर्णय कानूनसम्मत : प्रवक्ता शर्मा
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १४:७:३७
१४ जेठ, काठमाडौं । सरकारका प्रवक्ता सरकारले कैलालीको टिकापुर घटनमा सर्वोच्च अदालतको फैसलाबमोजिम जन्मकैद काटिरहेका कैलालीका रेशमलाल चौधरीलाई आममाफी दिने निर्णय कानुनसम्म भएको बताएकी छन् ।
आइतबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै क्रममा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले टिकापुर घटनाका प्रमुख दोषी चौधरी र अन्य कसुरदारलाई कानुनसम्मत माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताइन् ।
कानुनविदहरुसँगको राय सल्लाहमै सरकारले आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको उनले स्पष्ट पारिन् । ‘कानुनविदहरुको राय फरक फरक हुने नै भयो । तर सरकारले यो विषयमा कानुनभन्दा बाहिरबाट गएर निर्णय गरेको छैन ।’
आजको बैठकमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा पनि छलफल भएको बताइन् । प्रम प्रचण्ड सरकारले नेतृत्व लिएपछि पहिलो विदेश भ्रमणको रुपमा यही जेठ १७ गते ४ दिनका लागि भारत जाँदैछन् ।
आज बसेको बैठकले चौधरीसहित झण्डै दुई दर्जन कैदीलाई बाँकी सजायमा आममाफी (मिनाह) दिने निर्णय गरेको छ । निर्णयलाई अनुमोदनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजै रिफारिस गरिँदैछ । राष्ट्रपति अनुमोदन भएपछि उनीहरु रिहा हुनेछन् । सरकारले हरेक वर्ष गणतन्त्र दिवस जेठ १५ र संविधान दिवस असोज ३ मा विभिन्न कसुरका कैदीहरुलाई सजाय मिनाह दिँदै आएको छ ।
तोकिएको ५० प्रतिशत कैद काटिकसकेका र आलचलन, आचरण असल देखिएका कैदीलाई बाँकी सजाय मिनाहका लागि सम्बन्धि कारागार प्रशासनको सिफारिसमा गृहमन्त्रालको प्रस्तावमा मन्त्रिपरिषदले निर्णय लिने गर्दछ । चौधरीलाई भने जन्म कैद (२५ वर्ष) तोकिएमा उनको सजाय आगामी २०९४ फागुन १३ मा मात्र पूरा हुँदैछ । १४ वर्ष भन्दा बढी समय कैद बाँकी छँदै सरकारले आममाफीको सूचीमा राखेको छ ।
चौधरी २०७२ साल भदौ ७ मा संविधानप्रति असन्तुष्ट जनाउँदै थारु समूदायले गरेको आन्दोलनका क्रममा कैलालीको टिकापुरमा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७ प्रहरी एक नाबालकको हत्या भएको घटनमा दोषी ठहर भएका थिए । त्यसपछि उनी फरार रहँदै १० पहिले मात्र पक्राउ परेका थिए । जेलमा परेपछि उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन गराए । पार्टीका अध्यक्षमा पत्नी रञ्जिता श्रेष्ठ छिन् । गएको वैशाखको स्थानीय चुनावमा कैलालीमा राम्रो सफलता हासिल गर्यो । त्यसपछि मंसिरमा भएको प्रदेश र संघको चुनावमा पनि राम्रै सफलता पायो । त्यसपछि नाउपाले चौधरी लगायत टिकापुर घटनाका कैदी बन्दी बनाइएको सबैको निसर्त रिहाई माग राख्दै आइरहेको छ ।
सोही क्रममा प्रधानमन्त्री प्रचण्डले सरकार साझेदार दलहरुको गठबन्धनमा नाउपालाई सहभागी गराए । त्यसबेला चौधरीको रिहाइका लागि विशेष पहल गर्ने वचन दिएको भन्दै सांसद श्रेष्ठले सार्वजकि रुपमै बताउँदै आएकी थिइन् । हालै मात्र सर्वोच्च अदालतले चौधरीको जन्मकैदलाई स्वीकार गरेपछि प्रधानमन्त्री प्रचण्डले संसदबाटै चौधरीको रिहाईको पहल सरकारले गर्ने बताएका थिए ।
सर्वोच्चको फैसला लगत्तै चौधरीले पनि आफूले नआत्तिएको र न्यायको बाटो खुला रहेको टिप्पणी गरेका थिए । टिकापुर घटनामा चौधरीसहित २३ जना जेलमा छन् । सन्तकुमार चौधरी र गंगाराम चौधरीलाई भने ७ वर्ष जेल बसेपछि सर्वोच्चले निर्दोष सावित गर्दै रिहा गर्न आदेश थियो । आदेश अनुसार सन्तकुमार गत हप्ता नै रिहा भइसकेका छन् भने अर्को ज्यानसम्बन्धी मुद्दा भएकाले गंगारामलाई रिहा गरिएको छैन ।
आममाफी दिने सरकारको नाउपाले प्रशंसा गरेको छ । उसले सरकार बसेर लडेको लडाईं एकहदसम्म जितेको बताएको छ । उसले नाउपाले टिकापुर घटना अपराधिक नभई राजनीतिक भएको र यसमा सडक, संसद र सरकारमा बसेर लड्ने बताउँदै आएको छ ।
नाउपा अध्यक्ष एवं सांसद श्रेष्ठ अहिले भूमि व्यवस्था मन्त्री छिन् । नाउपा सुदूरपश्चिम प्रदेश सरकारमा सामेल हुने कोशिसमा छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
इटहरीमा कोसी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने
मंसिर २, २०८१ आइतबार
शीतलहरसहित लागेको बाक्लो हुस्सु
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
४२ लाखको लागुऔषधसहित एक युवक पक्राउ
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
मंसिर २, २०८१ आइतबार