घाटामा गएका सार्वजनिक संस्थानको सञ्चालन जिम्मा निजी क्षेत्रलाई दिइनेः अर्थमन्त्री
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १६:३४:३६
१४ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रभावकारी रुपमा सञ्चालन हुन नसकिरहेका सरकारी स्वामित्वका सार्वजनिक संस्थान सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी भइरहेको बताएका छन् । आर्थिक वर्ष ०७९/८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति सार्वजनिक कार्यक्रममा आइतबार अर्थमन्त्री प्रकाशशरण महतले यस्तो योजनाबारे जानकारी दिएका हुन् ।
उनले पुँजीगत, प्रविधि, कार्यक्षमता लगायतमा कमजोर रहेका सार्वजनिक संस्थानलाई निजी क्षेत्रबाट सञ्चालन गरिने योजना सरकारले अघि सारेको बताए । प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको र सार्वजनिक क्षेत्रमा राखिरहन आवश्यक नभएको उनको भनाइ छ । सार्वजनिक संस्थानको पहिचान गरी थप पुँजी प्रविधि र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन आवश्यक देखिएको अर्थमन्त्री महतले बताए ।
उनले सार्वजनिक क्षेत्रभित्र राख्न आवश्यक संस्थानको संरचनात्मक र व्यवस्थापकीय सुधार गर्दै उद्देश्य अनुरुप सञ्चालन भए÷नभएको, वस्तु तथा सेवाको गुणस्तर पहिचान गरी नियमित सुधार गर्दै जानु पर्ने देखिएको बताए । सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा रहेको पनि अर्थमन्त्री महतले बताए । ती संस्थानहरूमा सरकारको सेयर तथा ऋण लगानी ६ खर्ब १८ अर्ब रूपैयाँ पुगेको छ । चालू आर्थिक वर्षमा ती संस्थानबाट सरकारलाई ६ अर्ब १६ करोड लाभांश प्राप्त भएको छ । यो कुल लगानीको १ प्रतिशत हो ।
उनले भने,‘ आर्थिक सर्वेक्षण ०७९/८० सार्वजनिक ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको छ । सञ्चालन आय बढेको छ । प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको र सार्वजनिक क्षेत्रमा राखिरहन आवश्यक नभएका सार्वजनिक संस्थानको पहिचान गरी थप पुँजी प्रविधि र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन आवश्यक देखिएको छ । सार्वजनिक क्षेत्रभित्र राख्न आवश्यक संस्थानको संरचनात्मक र व्यवस्थापकीय सुधार निजीकरण गर्ने÷गरिने र संस्थान उद्देश्य अनुरूप सञ्चालन भए नभएको वस्तु तथा सेवाको गुणस्तर र नियमित सुधार गर्दै जानु पर्ने देखिन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार
औपचारिक रुपमा नेपालको बिजुली बंगलादेश निर्यात हुन थाल्यो, भारतीय ग्रिडबाट ४० मेगावाट पठाइयो
कात्तिक ३०, २०८१ शुक्रबार
प्राधिकरणले भोलि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने, भारतले दियो सहमति
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
इटहरीमा कोसी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने
मंसिर २, २०८१ आइतबार
शीतलहरसहित लागेको बाक्लो हुस्सु
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
४२ लाखको लागुऔषधसहित एक युवक पक्राउ
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
मंसिर २, २०८१ आइतबार