रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १६:३५:५
१४ जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक तथा टीकापुर घटनाका दोषी ठानिएका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय कार्यान्वयन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पुगेको छ ।
घटनामा हत्या गरिएको नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहोराकी पत्नी शारदा बोहोराले आज सर्वोच्चमा रिट दिएकी हुन् । रिट दर्ता गर्ने वा नगर्ने भन्ने बारे सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको जनाइएको छ ।
घटनामा दोषी ठहर भई जन्मकैद सजाय काटिरहेका चौधरीलाई सरकारको मन्त्रिपरिषदको बैठकले आजै मात्र बाँकी सजाय माफी दिने निर्णय गरेको हो । निर्णय अनुमोदनका लागि सरकारले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको छ । दर्ता गर्ने कि दरपीठ गर्ने भन्ने निर्णय भोलि मात्र हुने जनाइएको छ ।
अहिलेको संविधानप्रति असन्तुष्ट जनाउँदै थारू समुदायले गरेको आन्दोलनका क्रममा २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, इन्स्पेक्टर बोहोरासहित ७ प्रहरी र एक नाबालकसहित ८ जनाको ज्यान गएको छ । उक्त घटनामा मुख्य योजनाकारमा चौधरीसहित ४ जनालाई जन्मकैद, १९ जनालाई फरक फरक कैद सजाय हुने सर्वोच्चबाट समेत गएको हप्ता मात्र दोषी ठहर भएको थियो ।
यसपछि सरकारले भोलि जेठ १५ गणतन्त्र दिवसको अवसरमा पारेर चौधरीलाई पनि समेटेर विभिन्न कसुरमा कैदी बन्दीहरुलाई बाँकी सजाय मिनाहा गरी आममाफी दिने निर्णय गरेको छ । चौधरीलाई आममाफी दिने सरकारको तयारी र आममाफीका लागि चौधरीले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष निवेदन पेस गरेपछि गत शुक्रबार शारदा राष्ट्रपति कार्यालयलाई निवेदन लेखेर आममाफी नदिन अपिल गरेकी थिइन् ।
यस्तो अवस्थाबीच सरकारले आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको गरेको छ । आममाफी दिइने कैदीहरूको नाम आजै साँझ राष्ट्रपति कार्यालयबाट सार्वजनिक हुँदैछ ।
सरकारले गणतन्त्र दिवस र संविधान दिवस असोज ३ मा विभिन्न कैदीहरूलाई ५० प्रतिशत कैद काटिसकेका र आचरण असल भएकालाई आममाफी दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला सहभागिताले न्याय क्षेत्र उत्साहित छः श्रेष्ठ
चैत ९, २०८० शुक्रबार
मनकुमारी सिंहलाई डेढलाख धरौटीमा रिहा गर्न आदेश
चैत ४, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार