खैरो हेरोईन कारोवार गर्ने नेटवर्कको गिरोहसहित ६ जना पक्राउ [ हेर्नुस भिडियोसहित ]
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १७:२४:५१
१४ जेठ, काठमाडौं । नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोले अवैध लागु औषध खैरो हेरोईन कारोवार गर्ने नेटवर्कको गिरोह सहित ६ जनालाई पक्राउ गरेको छ ।
व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा खैरो हेरोइनको अवैध कारोवार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा खैरो हेरोईन कारोवार गर्ने नेटवर्कको गिरोह सहित ६ जनालाई पक्राउ गरेको जनाएको हो ।
प्रहरीले झापा विर्तामोड घर भएका किरण कन्दङवालाई बौद्धको एक होटलबाट खैरो हेरोइन २० ग्राम र ७ लाख ४० हजार सहित पक्राउ गरेको थियो ।
अनुसन्धानको सिलसिलामा उनको कारोवारको नेटवर्क पहिल्याउने क्रममा झपाका बिजय लिम्वु, माधव मेचे, विनोद लिम्वु र भारत दार्जलिङका शिव घोष र श्यामली सोरेनलाई पक्राउ गरिएको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक चक्रराज जोशीले जानकारी दिए । खैरो हिरोइन भारतबाट झापा हुँदै काठमाडौं आइपुग्ने गरेको देखिएको उनले बताए ।
त्यस्तै व्युरोले ३ किलो ६ सय ग्राम लागु औषध चरेस सहित थाईल्याण्ड जान लागेका सिन्धुपाल्चोक घर भएका तेम्वा शेर्पालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
हेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
लेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार