मुख्यमन्त्री जमकट्टेलले प्रदेश प्रमुखलाई वाचन गर्न दिएका नीति तथा कार्यक्रमकाे फाइल नै खाली
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १७:४४:५७
१४ जेठ, हेटौंडा । वाग्मती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । बजेट अधिवेशन अन्तर्गत आजको प्रदेशसभको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।
वाचनका लागि मुख्यमन्त्री शालिकराम जमकट्टेलले दिएका फाइल नै खाली भेटिएपछि बैठकमा केहीबेर मौनता छाएको थियो । वाचनका लागि भनेर सभामुखले प्रमुख शर्मालाइ फाइल दिन मुख्यमन्त्री जमकट्टेलाई अनुमति दिएपछि उनले रातो फाइल रोष्ट्रममा लगेर दिए । प्राप्त फाइललाई शर्माले खोलेर पढन खोज्दा फाइल नै खाली भेटियाे । शर्मा केही अलमलिए ।
यसरी अलमलमा परेका शर्माले जमकट्टेलाई उक्त फाइल देखाए । त्यसपछि जमकट्टेलले आफूसँग रहेको फोटोकपी दिए । शर्माले त्यसैलाई रातो फाइलमा राखेर पढ्न थाले । त्यसको केही मिनेटमै कर्मचारीले सक्कल कपी ल्याएर दिएका थिए ।
प्रतिपक्षी एमाले र नेमकिपाका सांसदहरुले घटनाप्रति आपत्ति जनाए छ । नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईले सरकारले चरम लापरवाही भएको बताए । नीति तथा कार्यक्रम पनि सरकारले कमजोर र अव्यवहारिक ल्याएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले असन्तुष्ट जनाएका छन् ।
मुख्यमन्त्री जमकट्टेलले भने घटना मानवीय त्रुटी भएको भन्दै सामान्यीकरण गर्ने कोशिस गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सुनकोशी नदीमा चुहावट हुनबाट रोकियो
जेठ १९, २०८१ शनिबार
खोकनाको इतिहास बचाउन परम्परागत तेल मिल सञ्चालनमा आउँदै
जेठ १७, २०८१ बिहिबार
६ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम
जेठ १५, २०८१ मंगलबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
निजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुन्छः पूर्वअर्थमन्त्रीहरु
जेठ २०, २०८१ आइतबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
सर्वोच्चले गोविन्दराज जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने
जेठ २०, २०८१ आइतबार
उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
जेठ २०, २०८१ आइतबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार