दुई करोड बराबरको रक्तचन्दन तेलसहित ८ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १८:४८:२४
१४ जेठ, काठमाडौं । रक्तचन्दनको अवैध कारोबार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब २ करोड बराबरको रक्तचन्दन तेलसहित आठ जनालाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर साढे २ लाखका दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी रविन्द्र रेग्मीको भनाइ छ ।
पक्राउ पर्नेमा चाबहिल बस्ने ३० वर्षीय सुशिल पाठक, २८ वर्षीय विनोद बराल, कलंकी बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली, काँडाघारी बस्ने ३५ वर्षीय नविन दाहाल ३९ वर्षीय गोकर्ण हरि दाहाल, चाबहिल बस्ने ५८ वर्षीय निलकान्त भुसाल, ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र ४० वर्षीय खेमराज घिमिरे छन् ।
उनीहरूमाथि थप कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसारमा पठाएको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार