आममाफी पाएर रिहा भएका रेशम चौधरी भन्छन्:- टिकापुर घटनाको पुनः छानबिन हुनुपर्छ
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार ९:२०:२९
१५ जेठ, काठमाडौं । आज जेलमुक्त भएका पुर्व सांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने जनाएका छन् ।
डिल्लीबजार कारागारबाट जेल मुक्त भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै चौधरीले टिकापुर घटनाको निष्पक्ष छानबिनका लागि पुनः प्रक्रिया सुरु गर्नुपर्ने जनाएका हुन । उनी आज बिहान रिहा भएका हुन्।
‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुशी छु। टीकापुर घटनाको पुनः छानबिन हुनुपर्छ,’ जेलबाट रिहा हुँदै गर्दै उनले भने, ‘यो घटनामा निर्दोष कोही पर्नु हुँदैन, उनले भने, ‘टिकापुर घटना विशुद्ध राजनीतिक घटना हो । यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे । थाहा पाउन निकै ढिलो भयो ।’
रेशम चौधरीलाई लिन उनकी पत्नि तथा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरी डिल्लीबजार पुगेकी थिइन्। जेलबाट रिहा हुँदा पार्टीका समर्थक, शुभेच्छुकहरुले बाजा, फूलमालाले उनको भव्य स्वागत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपाले दियो यी नेतालाई उपनिर्वाचनको जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
दुई दलीय कार्यदलः सत्तासँग समानान्तर शक्तिको अभ्यास
कात्तिक २२, २०८१ बिहिबार
मुलुकलाई अस्थिरताबाट बचाउन कांग्रेस-एमालेको सरकार
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
इन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
कात्तिक २२, २०८१ बिहिबार
नारायणगढ–मुग्लिन सडकमा दुर्घटनाः ४ जनाको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
अमेरिकी डलर र युरोको भाउ बढ्यो
कात्तिक २३, २०८१ शुक्रबार
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न
कात्तिक २३, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
कात्तिक २३, २०८१ शुक्रबार
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले बनायो सर्वाधिक ‘शो’ को कीर्तिमान
कात्तिक २२, २०८१ बिहिबार