अर्थमन्त्री महतप्रति सबै क्षेत्रले राखेका छन् राहतको अपेक्षा
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १०:३८:४३
१५ जेष्ठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संसदको संयुक्त बैठकमा नयाँ बजेट प्रस्तुत गर्दैछन् । बजेट त्यसै पनि अपेक्षाकृत हुन्छ भने यतिबेला अर्थतन्त्र चलायमान छैन । उद्योग व्यवसायी संकटमा छन् । निजी क्षेत्रले बजेटबाट राहतको आशा गरेको छ ।
निजी क्षेत्रले खास गरी आशा गर्ने भनेको करका दर र आर्थिक नीतिहरूकाे हो । थोरै कर तलमाथि हुँदा व्यवसायी प्रभावित हुन्छ । गत वर्ष करका दरहरूमा व्यापक फेर बदल गरिएको थिए । त्यसको मार अहिले पनि अर्थतन्त्रले भोगिरहेको छ । व्यापारीलाई कर घटाए हुन्थ्याे भन्ने छ भने सरकार कसरी राजश्व बढाउने भन्ने चिन्तामा छ ।
समग्रमा आज आउने बजेटप्रति आशावादी नै छन् । अपरान्ह ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ भने आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको छ । अब आज आर्थिक वर्ष २०८०–८१ का लागि नयाँ बजेट आउनेछ । जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ ।
स्रोतहरूका अनुसार बजेटमा अर्थमन्त्री महतले साधारण खर्च कटौतीमा जोड दिनेछन् । पुँजीगत खर्च बढाउने, अनावश्यक खर्च कटौती, सार्वजनिक संस्थाहरूको सुधार, मर्जर तथा खारेजीका योजनाहरु समावेश गर्न लागिएको छ । यस्तै, शिथिल अर्थतन्त्रलाई गति दिन केही योजनाहरु पनि अघि सारिएका छन् ।
करिब १७ खर्बको हाराहारीमा रहेर बजेट तय गरिएको जानकारी दिइएको छ । केही पपुलर नारासहितका कार्यक्रमले यसपटक पनि निरन्तरता पाएका छन् । मन्दीमा जान लागेको अर्थतन्त्र सुधारका लागि केही लचिला नीतिहरू पनि सार्वजनिक गरिने छ ।
यता, शेयर बजार र घरजग्गा क्षेत्रका लगानीकर्ताले पनि बजेटबाट राहत अपेक्षा गरिरहेका छन् । शेयर बजारमा पुँजीगत लाभकरको दर घटाउनुपर्ने लगानीकर्ताले माग गरेका छन् । उनीहरूले यसमा लिखित सुझावसमेत दिइसकेका छन् । करको विषय भएकाले यो अहिलेसम्म गोप्य नै रहेको छ । तथापि, लगानीकर्ताहरुले भने आफ्ना अपेक्षा पूरा हुने विश्वास लिएको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार