३ वर्षे मध्यमकालीन खर्च र वार्षिक विकास कार्यक्रम पारित गर्न प्रधानमन्त्रीले बोलाए आयोगको बैठक
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार ११:११:५५
१५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बोलाएका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकले ३ वर्षे मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित गर्नेछ ।
प्रत्येक आर्थिक वर्षको बजेट र चालू आवधिक योजनाबीच तादम्यता ल्याउन मध्यमकालीन खर्च संरचना ल्याइन्छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व ऐन, २०७६ बमोजिम अर्थमन्त्रीले आय व्ययको वार्षिक अनुमानको साथमा मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रमसमेत जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुपर्ने व्यवस्था छ ।
सोही अनुसार यसलाई अन्तिम रुप दिन आयोगको पूर्ण बैठक बस्न लागेको हो । मध्यमकालीन खर्च संरचनाको अन्तिम मस्यौदा तयार गरी राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट स्वीकृत गरिन्छ भने आगामी आर्थिक वर्षको बजेट तथा वार्षिक विकास कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत गर्ने व्यवस्था छ ।
योजना आयोगको उपाध्यक्षको नेतृत्वमा रहने स्रोत अनुमान समितिले अर्थतन्त्रको आर्थिक परिसूचकहरूको विश्लेषण गरी समष्टिगत आर्थिक संरचना तयारी, आगामी तीन आर्थिक वर्षको बजेटको कुल सीमा प्रक्षेपण खर्च तथा स्रोतसहितको मध्यमकालीन खर्च संरचना सीमा निर्धारण गर्छ । यसैलाई पारित गर्न बैठक बस्न लागको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार