नेपालीले ५० खर्ब ३६ अर्ब उपभोगमा खर्चिने अनुमान
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १२:६:३१
१५ जेठ,काठमाडौं । आर्थिक वर्ष ०७९/८० को आर्थिक सर्वेक्षणले जीडीपीको अनुपातमा कुल उपभोगमा कमी आएको देखाए पनि चालु आर्थिक वर्षमा नेपालीले उपभोगमा ५० खर्ब ३६ अर्ब रुपैयाँ खर्चिने अनुमान गरेको छ । यस वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा यो खर्च ९३.६ प्रतिशत हो । जीडीपीको अनुपातमा चालु आर्थिक वर्षमा कुल उपभोग ०.६ प्रतिशत विन्दुले घटेको छ । गत आर्थिक वर्षमा नेपालीको कुल उपभोग जीडीपीको अनुपातमा ९४.२ प्रतिशत थियो ।
समग्र मागमा कमी आइरहेकाले जीडीपीको अनुपातमा कुल उपभोगमा कमी आएको हो । नेपालमा कुल उपभोग र कुल गार्हस्थ्य उत्पादनको अनुपात प्रायः ९० प्रतिशतभन्दा माथि रहँदै आएको छ । पछिल्लो एक दशकमा जीडीपीमा उपभोगको हिस्सा वार्षिक औसत ९१.२ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।
आयातमा संकुचन आएसँगै जीडीपीको अनुपातमा कुल उपभोगमा कमी आएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । जनसंख्या वृद्धिदरको तुलनामा जीडीपीको वृद्धिदर बढी छ । यसले पनि जीडीपीको अनुपातमा उपभोगमा केही कमी आएको हो । घरपरिवारले पुँजीगत वस्तु खरिद गरेको अवस्थामा पनि त्यसलाई उपभोगमा गणना गरिन्छ । गत वर्ष सरकारले आयातमा प्रतिबन्ध लगाएपछि घरपरिवारले विलासिताका महँगा गाडीको खरिद घटेको छ । यसले समग्र उपभोगमा सीमान्त रूपमा कमी आएको देखिएको छ ।
जीडीपीको अनुपातमा घटे पनि रकमका आधारमा भने कुल उपभोग ८.३ प्रतिशतले बढ्ने सर्वेक्षणको प्रक्षेपण छ । यसले गत वर्षको तुलनामा यस वर्ष नेपालीले उपभोग्य वस्तु तथा सेवामा गर्ने खर्च बढेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कुल उपभोग १४.१ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षमा नेपालीले उपभोगमा ४६ खर्ब ४८ अर्ब रुपैयाँ खर्चिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा जीडीपीमा सरकारी क्षेत्रको उपभोगको अनुपात उल्लेख्य रूपमा घटी एक दशकयताकै न्यून हुने अनुमान छ । चालु आर्थिक वर्षमा जीडीपीमा उपभोगको अनुपात सरकारी क्षेत्रको ५.४, निजी क्षेत्रको ८६.३ र गैरनाफामूलक संस्थाको १.८ प्रतिशत रहने अनुमान सर्वेक्षणले गरेको छ । गत आर्थिक वर्षमा यस्तो अनुपात सरकारी क्षेत्रको ८.५, निजी क्षेत्रको ८३.९ र गैरनाफामूलक क्षेत्र १.८ प्रतिशत थियो ।
चालु आर्थिक वर्षमा सरकारी क्षेत्रको उपभोग घट्ने र निजी क्षेत्र तथा गैरनाफामूलक संस्थाको उपभोग बढ्ने अनुमान छ । गत आर्थिक वर्षमा सरकारी क्षेत्र, निजी क्षेत्र र गैरनाफामूलक संस्थाको उपभोगको अनुपात क्रमशः ९.०१, ८९.०९ र १.९१ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा यस्तो अनुपात ५.८०, ९२.१८ र २.०२ प्रतिशत रहने अनुमान सर्वेक्षणमा गरिएको छ ।
कुल निजी उपभोगमध्ये खाद्यान्नको अनुपात बढी छ । चालु आर्थिक वर्षमा कुल निजी उपभोगमा खाद्यान्न, गैरखाद्यान्न वस्तु र सेवाको अंश क्रमशः ४८.३, १८.७ र ३३ प्रतिशत रहने अनुमान छ । विगत १० वर्षमा कुल निजी उपभोगमा खाद्यान्नको हिस्सा ४९, गैरखाद्यान्नको १८.४ र सेवाको ३२.६ प्रतिशत छ । कुल राष्ट्रिय बचत जीडीपीको ३१.७ प्रतिशत रहने अनुमान सर्वेक्षणमा गरिएको छ ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कुल लगानीमा सुस्तता आउने अनुमान छ । ब्याजदरमा भएको वृद्धिका कारण कर्जा प्रवाहमा आएको कमी र उच्च मूल्य वृद्धिले आर्थिक गतिविधिमा सुस्तता आई कुल लगानीमा समेत कमी आएको सर्वेक्षणमा उल्लेख छ । कुल स्थिर लगानीमा सरकारी र निजी क्षेत्रको अंश बढ्दै गएको छ । सार्वजनिक संस्थाको अंश घट्दै गएको छ । चालु आर्थिक वर्षमा कुल स्थिर लगानी १३ खर्ब ५६ अर्ब रहने अनुमान छ । गत आर्थिक वर्षमा यस्तो अन्तर ३१.६ प्रतिशत थियो । गत आर्थिक वर्षको तुलनामा यस वर्ष कुल लगानी ५ प्रतिशतले घटेकाले बचत र लगानी बीचको अन्तरमा कमी आएको हो ।
चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ पुग्ने अनुमान छ । गत वर्ष यो १ लाख ६९ हजार ३९ रुपैयाँ थियो । चालु आर्थिक वर्ष प्रतिव्यक्ति जीडीपी ८.१ प्रतिशतले बढ्ने अनुमान सर्वेक्षणमा गरिएको छ । अमेरिकी डलरका आधारमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन गत आर्थिक वर्ष ०७९÷७९ मा १ हजार ३ सय ९९ अमेरिकी डलर रहेकामा चालु आर्थिक वर्षमा परिवर्तन नहुने अनुमान छ । प्रदेशगत रूपमा बहुआयामिक गरिबीमा उच्च विषमता देखिन्छ । प्रदेशगत जनसंख्यामध्ये बहुआयामिक गरिबी कर्णालीमा सबैभन्दा बढी ३९.५ र वाग्मतीमा सबैभन्दा कम ७ प्रतिशत छ । मानव विकास प्रतिवेदन २०२१ अनुसार नेपालको मानव विकास सूचकांक ०.६०२ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
सरकारले सोमबार साढे १८ अर्ब आन्तरिक ऋण उठाउने
मंसिर २३, २०८१ आइतबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
खोलामा तरकारी खेती
पुष १, २०८१ सोमबार
सानेपामा कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक
पुष १, २०८१ सोमबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरपालिकामा शोक बिदा
पुष १, २०८१ सोमबार