फेवातालको सिमसार क्षेत्र अतिक्रमण रोक्न प्रदर्शन
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १२:२८:३८
१५ जेठ, काठमाडौं । फेवातालको अस्तित्वसँग जोडिएको तालको मुहानको ढाप, दलदल क्षेत्र पुरेर स्थानीयले धमाधम घडेरी बनाउन थालेको घटनाको विरोधमा पोखरामा सोमबार प्रदर्शन गरेका छन् ।
पोखराका नागरिक अभियान्ता, संरक्षणकर्मी र युवाहरुले सिमसार जोगाउन सडकमा ‘सीमसार बचाउ’ भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले पोखरेली जेठोबुढो धानको पकेट क्षेत्र फेवा फाँट यति बेला धमाधम पुर्नेमा काम भइरहेको भन्दै रोक्न माग उनीहरुले गरेका छन् ।
यो क्षेत्रमा पहिला डुंगा घाट रहेको र यसलाई समेत बाहिरबाट माटो ल्याई पुरेर घडेरी बनाउने काम भइरहेको उनीहरुले बताएका छन् । सिमसार पुरिँदा पानीको घोल, दलदल, माटो, गेग्रयान वर्षायाममा सोझै बगेर तालमा पुग्दा ताल पुरिने क्रम तीब्र भई तालको गहिराई मेटिदै गइरहेको छ । यसबाट तालकै अस्तित्व मेटिने खतरा बढेको भन्दै अभियन्ताहरुले पुर्ने कार्यमा संलग्नलाई कानूनबमोजिम कारवाही गर्न माग गरेका छन् ।
माफियाहरुले तालको मुहान क्षेत्रको डाँडा काटेर पोखरा महानगरपालिकाको वडा नंं १८, २२, २३ र २४ मा पर्ने फेवा सिमसार पुरेर माफियाहरूले घडेरी बनाउने क्रम चलिरहेको छ । स्थानीय तह यसमा नदेखेझैं गरिरहेको भन्दै पोखराबासी आक्रोशित बनेका छन् ।
उनीहरुले सिमसार संरक्षण समूह गठन गरेर आन्दोलनका उत्रिएका छन् । उनीहरु सोमबार बिहान हल्लनचोकमा भेला भएर ‘नो लेक नो लेकसाइड, फेवाको अस्थित्व मास्ने गरी फेवा सिमसार पुर्न पाइँदैन,ताल मास्नेलाई कारवाही गर’ जस्ता नारा लेखिएका प्लेकर्ड बोकेर प्रदर्शन गरे । सिमसार क्षेत्र अतिक्रमण नरोकिएसम्म आन्दोलन नरोकिने अभियान्ता इञ्जिनियर दिपक सुवेदीले बताए ।
वातावरण संरक्षणका लागि महाअभियन कास्की र नागरिक समाज कास्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटेर सिमसार पुर्ने काम तत्काल रोकेर फेवाताल संरक्षणका लागि पहल गर्न ज्ञापनपत्रसहित ध्यानाकर्षण समेत गराइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार